अलपत्र नेपालीलाई भारतीयको भोजन

अलपत्र नेपालीलाई भारतीयको भोजन

 भैरहवा : छिमेकी भनेका मर्दापर्दाका सहयोगी हुन्। त्यस्तै व्यवहार सीमामा अलपत्र नेपालीले पाएका छन्। भारतको विभिन्न स्थान (दिल्लीबाट आएका अधिकांश) बाट नेपाल फर्कंदा सीमामा अलपत्र परेका नेपालीलाई सीमावर्ती भारतीयले भोजन दिन थालेका छन्।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमाबाट मालवाहक गाडीबाहेक आवतजावत पूरै ठप्प छ। बजार र पसल पनि बन्द छन्। लकडाउन भए पनि अनेक उपायबाट नेपाली घर फर्किन नेपाल-भारत सीमामा आइरहेका छन्। रोजगारीका लागि भारतका गएका नेपाली अझै फर्कने क्रममा छन् । सीमा पुगेका केहीसगँ थोरै रकम छ भने केही बेखर्ची भइसकेका छन्।

बालबच्चासहित घर पुग्ने आसमा दिल्लीबाट सीमामा आइपुगेका नेपालीलाई भोकै देखेपछि स्थानीय भारतीयले भोजनको व्यवस्था गरेका हुन्। भोजन वितरणमा भारतीय सुरक्षाकर्मीले पनि सघाएका छन्। नौतनवाका सीओ राजुकुमार साव र महाराजगन्जका उप जिल्ला अधिकारी जसधीर सिंह पनि नेपालीलाई खाना वितरण, व्यवस्थापनमा खटिएका छन्।

लकडाउनले दिल्लीमा अलपत्र परेका आफ्ना बासिन्दा ल्याउन उत्तार प्रदेश सरकारले दिल्लीमा एक हजार बस पठाएको थियो। सोही बसमा घर फर्किने आसमा नेपाली पनि नेपाल-भारत सीमामा आइपुगेका हुन्। सीमावर्ती भारतीय बजार सुनौलीको बसपार्कमा करिब ३ सय ७० नेपाली अलपत्र छन्। यीमध्ये करिब २५÷३० जना शनिबार राति आएका हुन् भने बाँकी आइतबार राति आएका हुन्। उनीहरु विभिन्न जिल्लाका छन्। सोमबार दिउँसो २ बजेसम्म उनीहरुलाई मुलुक प्रवेश अनुमति दिइएको थिएन।

‘भारतको विभिन्न सहरबाट आएका नेपाली अहिले सीमावर्ती भारतीय बजारमा छन्,’ रूपन्देहीको इलाका प्रहरी कार्यालय प्रमुख इन्सपेक्टर इश्वरी अधिकारीले भने, ‘हालसम्म उनीहरुलाई मुलुक प्रवेश गर्न दिन हामीलाई निर्देशन आएको छैन।’ सीमामा नेपालीलाई अलपत्र र भोकै देखेपछि खाना खुवाउन थालेको भारतीय बजार सुनौली नगर पञ्चायतका सभासद गुफरान खानले बताए। ‘नेपालीहरु पनि हाम्रै दाजुभाइ दिदीबहिनी हुन्,’ उनले भने, ‘समस्यामा परेर टाढाटाढाबाट राति आइपुगेका नेपालीहरुलाई बिहानसम्म भोकै बसेको देखेपछि हामीले खाना खुवाउन सुरु गरेका होँ।’

उनले थपे, ‘वर्षौंदेखि हामी दुई देशका नागरिकबीच सम्बन्ध रहँदै आएको छ। आज हाम्रो देशमा रहेका नेपाली नागरिक समस्यामा परे भनेर हामी भाग्ने होइन सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाले अघि बढेका हौँ।’ आइतबार पनि सीमामा अलपत्र परेका नेपालीलाई नेपाल र भारत दुवै देशका स्थानीयले संयुत्ताm खाना खुवाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.