ललितपुरका ४९ मजदुर ट्रिपर चढेर रोल्पामा !

ललितपुरका ४९ मजदुर ट्रिपर चढेर रोल्पामा !

रोल्पा : ललितपुरको इँटाभट्टामा काम गरिरहेका ४९ जना मजदुर रातारात रोल्पा आएका छन्। उनीहरु मिनी ट्रिपरमा घर फर्किएका हुन्। आइतबार दिउँसो हिँडेका मजदुर सोमबार बिहान जिल्ला प्रवेश गरेका थिए। बसमा सुरक्षित रुपमा नपठाएकोमा उद्योगीप्रति जनप्रनिधि समेत रुष्ट भएका छन्। ललितपुर प्रशासनले समेत हचुवामा सवारी पास दिएको देखिन्छ।

२ वटा मिनी ट्रिपरलाई सवारी अनुमति पत्र दिएर प्रशासनले लापरवाही गरेको गुनासो आएको छ। ‘खानाको व्यवस्थासहित फर्र्किएका मजदुरलाई तीनवटा क्याम्प बनाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ’, मेयर केसीले भने।

 काठमाडौं, ललितपुर र भक्तपुरमा मजदुरी गर्न गएका अन्य रोल्पाली समेत अलपत्र परेको भन्दै उद्दारका लागि आ-आफ्नो पालिकाका जनप्रतिनिधिसँग गुहार मागिरहेका छन्। काठमाडौंलगायत विदेशबाट नगरपालिकामा फर्कनेको नगरपालिकाले तथ्यांक संकलन गरिरहेको छ। चैत्र १ गतेदेखि १ सय ८८ जना फर्किएको अभिलेख सार्वजनिक गरिएको छ। 

रोल्पा कोरोनाको महामारी फैलन नदिन लकडाउन गरिएसँगै उनीहरु इँटाभट्टमा अलपत्र पर्दै आएका थिए। काम छोडेपछि खान र बस्न कठिन भए पश्चात् मजदुरले आफ्ना वडाका जनप्रतिनिधिलाई उद्दार गर्न आग्रह गरेका थिए। 
ललितपुर प्रशासनले उनीहरुलाई गृह जिल्ला फर्किन पास उपलब्ध गराएको थियो। रोल्पा नगरपालिका-४ कोटगाउँका वडाअध्यक्ष तुलबहादुर घर्तीमगरले मजदुरको दयनीय अवस्थालाई ख्याल गरेर उद्दारको योजना बनाएको बताए। ललितपुर महालक्ष्मी नगरपालिकाको केसी चिम्नी इँटाभट्टाबाट उनीहरुलाई उद्दार गरिएको हो।

 मजदुरलाई इँटाभट्टा उद्योग र नाइकेले मिनी ट्रिपरमा पठाएको भन्दै आलोचना भइरहेको छ। १४ घण्टा रातभर उनीहरु मिनी ट्रिपरमा कोचिएर यात्रा गरेका थिए। मजदुरलाई ओसारिएको तस्बिर रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्शन दीपक डिसीले सामाजिक सञ्जाल फेसबुकमा राखेपछि आलोचना सुरु भएको हो। मजदुरलाई बा ५ ख १६२१ र बा ४ ख ४२४२ को मिनी ट्रिपरमा चढाएर घर पठाइएको छ। मजदुरलाई लकडाउनका बेला इँटाभट्टामा राखेर खान बस्नको व्यवस्था नगरिँदा उनीहरु समस्यामा परेका थिए।

 सुरक्षा चेकपोस्ट र हेल्थ डेस्कमा चेकजाँच गर्दै मजदुर घरगाउँ आइसकेको मेयर पुरण केसीले जानकारी दिए। ७ मजदुर त्रिवेणी गाउँपालिका नुवागाउँका हुन् भने ४२ जना नगरपालिकाको ४ नं. वडा कोटगाउँवासी हुन्। घरगाउँ फर्किएका सबै मजदुरलाई तीनवटा शिविर बनाएर क्वोरन्टाइनमा राखिने भएको छ। वडा अध्यक्ष घर्तीमगरसहितका जनप्रतिनिधि मजदुरलाई क्वारेन्टाइनमा राख्न सक्रिय छन्। 

इटा भट्टामा बर्षेनी जिल्लाबाट हजारौं मानिस मजदुरीका लागि पुग्छन्। यसपटक लकडाउनसँगै उनीहरु इँटाभट्टामै अलपत्र परेका छन्। सरकारले उद्योगीलाई मजदुरको खान र बस्ने व्यवस्था मिलाउन पहल नगर्दा मजदुरलाई अप्ठ्यारो परेको छ। तीमध्ये विभिन्न इँटाभट्टा उद्योग र काठमाडौंबाट मात्र १ सय ३९ घरगाउँ फर्किएका छन्। नगरपालिकामा मात्र ३९ जना भारतबाट गाउँ आएका छन्। वैदेशिक रोजगारीबाट १० जना नगरपालिका फर्किएको अभिलेख नगरपालिकाले सोमबार सार्वजनिक गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.