'संक्रमित मुलुकबाट पाठ सिक्न जरुरी'

'संक्रमित मुलुकबाट पाठ सिक्न जरुरी'

काठमाडौं : कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले नेपालले विश्वका देशले हासिल गरेको सफलता र असफलता दुवैबाट पाठ सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। सरकार र स्वास्थ्यकर्मीका नाममा चिकित्सकसमेतका नाताले आइतबार एक अपिल जारी गर्दै महामन्त्री कोइरालाले कोरोना भाइरससँग जुध्न सरकारले गरिरहेका प्रयत्नलाई कांग्रेसले निरन्तर साथ दिँदै आएको बताए।

लकडाउनको पालना गरी जनताले पनि ऐक्यबद्धता जनाइरहेको भन्दै उनले भनेका छन्, ‘परिणाममुखी कार्य गर्न अब स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा हामीले संघर्षमा जित हासिल गर्नुपर्छ।’चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापनसमेत गरेको नाताले अहिलेको स्थितिलाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै महामन्त्री कोइरालाले सरकार र चिकित्सकलाई सुझाव दिएका छन्। ‘कुनै पनि स्वास्थ्यकर्मी निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहन्छन्, बिरामीको उपचार गर्न’, उनले भनेका छन्, ‘उनीहरूमा रहेको त्यही मानवीय भावना, समर्पण र साहस नै आजको विश्वव्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग हो। अहिलेको प्रतिकूल परिस्थितिमा उच्च मनोबलसाथ कार्य गर्न एक चिकित्सकको नाताले अपिल गर्दछु।’

महामन्त्री कोइरालाले स्वास्थ्यकर्मीका लागि अनिवार्य व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) समयमै उपलब्ध गराउन नसक्नुमा सरकारको कमजोरी रहेको औंल्याए। ‘यो लाचारीपनि हो, यथाशीघ्र देशव्यापी रूपमा पीपीई पु‍र्‍याएर सम्भावित संक्रमितको परीक्षण एवं संक्रमितको उपचारमा स्वास्थकर्मीको मनोबल उच्च बनाउन म सरकारसँग अनुरोध गर्दछु’, उनले भनेका छन्। विश्व स्वास्थ संगठनले बढीभन्दा बढी परीक्षणका लागि अपिल गरे पनि सरकारले टेकुस्थित राष्ट्रिय प्रयोगशालामा मात्र परीक्षण सीमित गरेको भन्दै उनले ७ प्रदेशमै चाँडो परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

अहिलेसम्म नेपालमा ५ जना मात्र कोरोना भाइरस देखिए पनि संक्रमित व्यक्तिका परिवार र छरछिमेकमा संक्रणको सम्भावना रहने भएकाले सबैलाई परीक्षणको दायरामा ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन्। महामन्त्री कोइरालाले संक्रमणको आशंका हुनासाथ घरबाटै परीक्षण केन्द्रसम्म पुर्‍याउने व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेका छन्।

‘त्यसरी आइसोलेसन र संक्रमित देखिए सुरक्षित उपचारको व्यवस्थाले मात्रै सम्बन्धित व्यक्तिबाट अन्यमा फैलिनबाट रोक्न सकिन्छ’, उनले अपिलमा भनेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.