रोल्पा नगरका एम्बुलेन्स र चालकलाई सुरक्षित सामग्री

रोल्पा नगरका एम्बुलेन्स र चालकलाई सुरक्षित सामग्री

रोल्पा  : रोल्पा नगरपालिकामा रहेका एम्बुलेन्स र चालकलाई कोरोनाबाट जोगिन सुरक्षित पारिएको छ। नगरपालिकामा विभिन्न निकायले सञ्चालन गरिरहेका एम्बुलेन्सका चालकलाई पीपीई (पर्सनल प्रोटेक्टीभ इक्विपमेन्ट) दिइएको छ।

सनस्टार युवा क्लवले सञ्चालन गरिरहेको एम्बुलेन्सभित्र बार लगाइएको छ। बिरामी राखिने र चालक रहने भागको बीचमा प्लाई र कपडाले बार लगाइएको छ। चालक र बिरामीबीच कुराकानी हुनसक्ने गरी बार लगाइएको नगरपालिकाले जनाएको छ। चालकलाई सुरक्षित हुन पीपीई हस्तान्तरण गरिएको छ। पीपीई सामग्री पाउन मुस्किल परिरहेका बेला स्थानीय टेलरले सिलाएको पीपीई उपलब्ध गराइएको मेयर पुरण केसी बताउँछन्। ‘तीनवटा एम्बुलेन्सलाई पनि भिन्दाभिन्दै राखिँदैछ। बिरामी बोक्ने चालकलाई सुरक्षित राख्न सामग्री दिएका हौं’, मेयर केसीले भने, ‘एम्बुलेन्स बारेपछि र पीपीई दिएपछि चालक खुसी छन्।’ सनस्टार युवा क्लब, रेउघा अस्पताल, नेपाल रेडक्रस सोसाइटी र माडी जलजला युवा क्लबले नगरपालिकामा एम्बुलेन्सलाई सञ्चालन गरिरहेका छन्।

केही दिनअघि काठमाडौं इट्टाभट्टाबाट फर्किएका रोल्पा नगरपालिका–६ कोटगाउँका ५८ वर्षीय पुरुषलाई एक्कासि ज्वरो आएपछि एम्बुलेन्समा अस्पताल ल्याउनु परेको थियो।

चालकले असुरक्षित महसुस गर्दै बिरामीलाई अस्पताल पु¥याएका थिए। बिरामीको कोरोनासँग मिल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा राखेर उपचार गरिरहेको छ। आपैंmले बोकेर ल्याएको बिरामी आइसोलेसनमा राखिएपछि चालकले थप असुरक्षित महसुस गरेका थिए। लकडाउनसँगै जिल्ला अस्पताललगायत जिल्लाका स्वास्थ्य संस्थामै पीपीई लगायतका सामग्री अभाव देखियो।

एम्बुलेन्स सञ्चालन गर्ने कुनै पनि निकायसँग पीपीईसमेत थिएनन्। अस्पतालमा समेत मुस्किलले पीपीई लगायतका मेडिकल सामग्रीको जोहो गरिएको हो। नगरपालिका र ५ नं. प्रदेशबाट अस्पतालमा पीपीई सहितका सामग्री दिइएको हो। जिल्लाका नौवटा गाउँपालिकामा सञ्चालन भइरहेको एम्बुलेन्स चालकलाई सुरक्षित रहने सामग्री अभाव देखिएको छ। ‘सम्बन्धित गाउँपालिकाले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेका एम्बुलेन्स र चालकको सुरक्षा व्यवस्था मिलाउन आवश्यक छ’, अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगी भन्छन्।

मेयर केसीका अनुसार एम्बुलेन्समा अक्सिजन समेत जोडिएको छ। गाउँमा जोकोही बिरामी भएपछि एम्बुलेन्स पठाउन सकिने गरी व्यवस्था मिलाइएको नगरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.