कोरोना कहर : खाली भए अस्पतालका बेड

कोरोना कहर : खाली भए अस्पतालका बेड

धनगढीः सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमकै रिफरल अस्पताल हो । यो समयमा अस्पतालमा मौसमी बिरामीको भीडभाड हुन्थ्यो। बिरामीको चापले अस्पतालमा बेड अभाव हुन्थ्यो । तर, अहिले भने अस्पतालका बेड खाली छन् । अस्पतालमा सुत्केरी गराउने वाहेक बिरामीको संख्या आधा भन्दा धेरैले घटेका छन् । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दैनिक ४ सय जना बढी उपचार आउने सेतीमा अहिले दैनिक ५० जना पनि नआउने गरेको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले बताए । 

'अस्पतालमा सामान्य रुघा, खोकी, ज्वरो लगायत बिरामी आउनै छाडेका छन्,' प्रवक्ता जोशीले भने । 'अस्पतालमा भर्ना नगरी नहुनेलाई मात्र भर्ना गर्ने गरेको छौँ।अन्यलाई घरमा बस्न अनुरोध गर्ने गरेको छौँ ।' अस्पतालको इर्मेजेन्सी, बाल रोग वार्ड खाली छन् ।

 
धनगढीमा सेती अस्पताल खुल्ला छ भने अन्य निजी मिडिकल र केहि अस्पताल बन्द छन् । धनगढीमा सञ्चालन हुँदै आएको नवजीवन अस्पताल उपचार सेवा बन्द गरेको छ । अस्पतालको ओपीडी सेवा एक हप्तादेखि बन्द छ ।

सेती प्रादेशीक अस्पताललाई कोरोना अस्पतालका रुपमा तोकिएपनि बिरामी घटेका हुन् । कोरोना भाइरस संक्रमणको आशंकामा सुदूरपश्चिमबाट अहिले सम्म ४३ जनाको नमूना संकलन भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिले सम्म कैलाली, कञ्चनपुर, बाजुरा, बैतडी, डडेल्धुरा र डोटीबाट ४३ जनाको थ्रोट स्वाव संकलन गरिएको हो ।

परीक्षणका लागि भने ३२ जनाको स्वाब मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रयोगशाला निरीक्षक समेत रहेका सम्पर्क व्यक्ति रामप्रसाद ओझाले जानकारी दिए ।'३२ जनाको स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएकोमा अहिले सम्म २५ जनाको मात्रै रिर्पोट आएको छ । २४ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ, बाँकी सातजनाको रिपोर्ट आएको छैन् ।'

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितहरुको उपचार गर्ने बताएको छ । सुदूरपश्चिमबाट नमूना संकलन गरी काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाउने गरिएको छ । 

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म धनगढीका ३४ बर्षीय एक व्यक्तिमा कोरोना देखिएको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको हो । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामी भेटिएपछि स्थानीयहरु त्रसित छन् । स्वास्थ्यमर्कीहरु समेत त्रसित छन् ।

अस्पातलमा ज्वरोका बिरामी आएमा गेटमा उपचार गर्ने व्यवस्था गरेकोछ ।एक जनामा कोरोनाको संक्रमण देखिएपछि नागरिकहरु अतिआवश्यक सामान खरिद गर्दा पनि एक मिटर टाढा बस्ने गरेका छन् । किराना पसल, तरकारी पसल र औषधी पसलमा सामान किन्दा खरिद गर्दा विशेष ध्यान पुर्याउने गरेको किराना व्यवसायी गर्ने सह रनिङले बताए । ‘दिउसो त ग्राहक आउन छाडेका छन्,' उनले भने । 'साँझ, विहान आएका ग्राहकहरुलाई पसलमा भिड नगरी सामन खरिद गर्न आग्रह गर्ने गरेको छु ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.