म्याग्दीमा ४९ जना क्वारेन्टाइनमा

म्याग्दीमा ४९ जना क्वारेन्टाइनमा

बेनी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ भाइरस रोकथामका लागि विदेशबाट आएकालाई राख्न बनाइएको म्याग्दीका क्वारेन्टाइनमा बस्नेको संख्या ४९ जना पुगेको छ ।  जिल्लाभर ११८ जना क्षमताको क्वारेन्टाइन बनाएर शनिबारदेखि विदेशबाट आएकालाई राख्न थालिएको थियो । सदरमुकाम बेनी र स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनमा बस्नेको हालसम्मको संख्या ४९ जना पुगेको सहायक सिडिओ महेश सुवेदीले जानकारी दिए । 

'बेनीको क्वारेन्टाइनमा बसेका २४ जनामध्ये चारजना विदेशबाट आएको १५ दिन पुरा गरेर घर फर्किएका छन्, 'उनले भने ,'जिल्लाभर चैत १ गते यता विदेशबाट आएका ११५ जनाको लगत संकलन भएको थियो ।'
 

अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानीस्थित सर्वोदय माविमा स्थापना भएको क्वारेन्टाइनमा मंगलबार तीनजनालाई राखिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले पछिल्लो एक महिनायता विदेशबाट आएका २५ जनामध्ये १५ दिन नकाटेका ३ जनालाई क्वारेन्टाइनमा राखेको बताए । 

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले दुईजनालाई घरमै एकान्तबास र चारजनालाई क्वारेन्टाइनमा राखिएको बताए ।  मालिका गाउँपालिकाले दरवाङमा ८ शैयाको आइसोलेशन बनाएपनि विदेशबाट आएका, क्वारेन्टाइन र आइसेलेशनमा बस्नेको तथ्याङ्क सार्वजनिक गरेको छैन् । 

मंगला गाउपालिकाले विदेशबाट आएका ३० जना मध्य १५ दिन नकाटेका ९ जनालाई बाबियाचौरको मंगला शिक्षा क्याम्पसमा स्थापना भएको क्वारेन्टाइनमा राखिएको अध्यक्ष सतप्रसाद रोकाले बताए ।  रघुगंगा गाउँपालिकाले विभिन्न वडामा स्थापना गरेको क्वारेन्टाइनमा १७ जनालाई राखिएकोमा १५ दिन कटाएर दुईजना मंगलबार घर फर्केका स्वास्थ्य शाखा संयोजक टिकाबहादुर शाहीले बताए । 

धेरैजसोको विदेशबाट आएको १५ दिन काटेको र क्वारेन्टाइनमा बस्दा समाजले गलत व्यवहार गर्ने डरले गर्दा केही व्यक्ति क्वारेनटाइनमा आउन नमान्दा खाली भएका हुन् । म्याग्दीमा सरकारले तोकेको मापदण्ड अनुसार इन्टरनेटको समेत सुबिधा भएको क्वारेन्टाइन बनाइएको छ । 

एकजनाको नमुना पठाइयो 

श्वासप्रस्वासमा समस्या देखिएपछि सोमबार बेनी अस्पतालको आइसोलेशनमा भर्ना भएकी २७ वर्षीया युवतीको स्वाब परीक्षणका लागि मंगलबार नमुना पोखरा पठाइएको सिडिओ ज्ञाननाथ ढकालले बताए ।  बागलुङ घर भई पर्वतको जलजला गाउँपालिकामा बस्ने ती युवती केही समयअघि विदेशबाट आएकी थिइन् । अस्पतालमा भर्ना हुँदा उनलाई रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो । 

ज्वरो भने नदेखिएको अस्पतालले जनाएको छ। कोरोनाको संकास्पद बिरामीको उपचारका लागि बेनी अस्पतालमा ६ शैयाको आइसोलेशन बनाइएको छ ।

युवा परिचालन

धवलागिरी गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न २२ जनाको युवा समूह परिचालन गरेको छ । उनीहरुलाई कर सहित दैनिक एक हजार रुपैयाँ ज्याला दिइने अध्यक्ष थमसरा पुनले बताइन । 

मंगलबारदेखिनै नियुक्ति दिएर ताकम, ढोरपाटन, मराङ र मल्कवाङका नाकामा उनीहरुलाई खटाइएको छ । गाउँपालिकाभित्र आवतजावत बन्द, भेला र जमघट रोक्नुका साथै उनीहरुले समुदायमा कोरोना फैलने कारण, लक्षण र बच्ने उपायको विषयमा सचेतना फैलाउन जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई सहयोग गर्ने भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.