भारतमा एक  नेपाली कामदारको मृत्यु, शव नेपाल ल्याउन मुस्किल

भारतमा एक  नेपाली कामदारको मृत्यु, शव नेपाल ल्याउन मुस्किल

दार्चुला : भारतको मदकोट क्षेत्रमा मजदुरी गर्न गएका एक नेपाली कामदारको मृत्यु भएको छ । मार्मा गाउँपालिका वडा नम्बर २ ठुलथला घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो ।
 

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुंगे पुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ । कात्तिक महिनामा मजदुरीको लागि मदकोट गएका ठगुन्नाको झोलुंगे पुलबाट खसेर मृत्यु भएको  प्रमानन्द ठगुन्नाले बताए । 
  
गाउँमा काम नपाएर भारतमा मजदुरी गर्न गएका ठगुन्नाको मृत्यु भएपछि गाउँका काम्दारहरु निकै चिन्तित भएका छन् । उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने जानकारी प्राप्त नभएको डिएसपी दिपेन्द्रबहादुर शाहीले बताए  ।
  
नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै शव नेपाल ल्याउनका लागि दार्चुलाको झोलुङ्गे पुल खोल्ने पहल गरिदिन मृतकका आफन्त प्रमानन्द ठगुन्नाले सबैमा आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.