बुटवल आइसोलेसनमा मृत्यु भएका बाबुरामको शव अझै उठेन

बुटवल आइसोलेसनमा मृत्यु भएका बाबुरामको शव अझै उठेन

बुटवल : कोरोना अस्पतालमा उपचारको लापरवाहीले ज्यान गुमाएका पाल्पा रिब्दिकोटका बाबुराम थापाको शब अझै उठाइएको छैन । कोरोना आशंकामा अस्पतालका चिकित्सकले 'पशु व्यवहार' गर्दा थापाको मृत्यु भएको थियो ।

तीन दिन अस्पतालमा बस्दा समेत कोरोना परीक्षण नगरी राख्दा उनको ज्यान गएको हो । लुम्बिनी प्रादेशिक अस्पतालले मृत्यु भएको तीन दिनपछि निमोनियाका कारण ज्यान गएको दाबी गरेको छ ।अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र खनालले निमोनियाका कारण उनको मृत्यु भएको बताए ।

सामान्य उपचारका उपकरण समेत नरहेको धागो कारखानाको बेडमा उनको चैत १६ गते मृत्यु भएको हो । उनी उपचारका लागि चैत १३ गते पुगेका थिए । सामान्य ज्वरोको चेकजाच गराउन गएका उनमा निमोनिया रहेको अस्पतालले बताएको छ । मृत्यु भएपछि मात्रै स्वाब परीक्षण गरिएको आफन्तले बताएका छन् । अस्पतालका अर्का डा. सुदर्शन थापाले कोरोना नेगेटिभ रिपोर्ट आए पनि सतप्रतिशत विश्वास गर्न नसकिने बताउने गरेका छन् ।

उनको शव अहिले पनि अस्पतालको शवगृहमा रहेको छ । मृतककी श्रीमती रीता थापाले लापरवाहीले श्रीमानको मृत्यु भएको भन्दै सत्यतथ्य रिपोर्टसहित कारवाही र क्षतिपूर्ति पाउनुपर्ने बताएकी छन् । 'लापरवाही गरेर श्रीमानलाई मारिएको हो, क्षतिपूर्ति पाउनुपर्छ,'उनको भनाई छ ।

दुई नाबालक छोरासहित रुपन्देहीको सैनामैनामा बस्दै आएकी उनलाई अस्पतालले अहिलेसम्म मृत्यु के कारणले भयो भन्ने जानकारी दिएको छैन । कोराना अस्पताल निर्माण गरेको बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालले यस विषयमा केही बोलेका छैनन्।

थापाका परिवार बस्दै आएको सैनामैना नगरपालिकाले भने राहत दिने जनाएको छ । नगरप्रमुख चित्रबहादुर कार्कीले मृतकका परिवारलाई राहत दिने विषयमा छलफल भइरहेको बताए ।

प्रादेशिक अस्पतालका चिकित्सककै दोहोरो भनाईले थापाले मलामी नपाउने शंका देखिएको छ । कोरोना फोकल पर्शन डा. थापाले कोरोना नभएको भन्न नसकिने बताए । उनले त्यसो भनिरहँदा आफन्तहरु परिवार र शव नजिक जान डराएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.