आवश्यक तयारी नगरी काम लगाएको विरोधमा नर्स आन्दोलित

आवश्यक तयारी नगरी काम लगाएको विरोधमा नर्स आन्दोलित

जनकपुरधाम : जानकी मेडिकल कलेज अन्तर्गत रहेको शिक्षण अस्पतालका नर्स आन्दोलित भएका छन् । जनकपुरधाम ८ स्थित सञ्चालित सिटी हस्पिटलका नर्स, कर्मचारी आन्दोलित हुँदै सेवा ठप्प पारेका छन् । 

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमणको शंकास्पद बिरामीको जाँच गर्ने फिबर क्लिनिक सञ्चालन गर्ने आवश्यक तयारी नगरी जबरजस्ती काममा लगाएको विरोधमा आन्दोलित भएका हुन् ।   

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले जानकी मेडिकल कलेजलाई क्वारेन्टाई तथा आइसोलेसनका लागि छनोट गरे पनि स्वास्थ्यकर्मीलाई उपकरण उपलब्ध नगराइ बिरामीको जाँचमा दबाव दिएको विरोधमा आन्दोलित भएको उनीहरू बताउँछन् । स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्यानिटाइजर, ग्लोब्स, मास्क, गाउन, लगायतका सामान्य सामग्रीसमेत उपलब्ध गराउन नसकेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको नर्सहरू बताउँछन् । 

अस्पतालमा कार्यरत नर्स बिनिता सिंहले भनिन्, ‘नर्सहरू स्वयं सुरक्षित छैनन्, हामीलाई पीपीई उपलब्ध गराउनुपर्नेमा हालसम्म मास्क, सेनिटाइजर र गाउनसमेत उपलब्ध गराउन सकेको छैन, हामीले कसरी काम गर्ने ?’ 

‘अहिले विश्वव्यापीरूपमा कोरोना संक्रमण फैलिएको छ, हामीलाई पीपीई त परै जाओस्, ग्लोब्स, गाउनसमेत उपलब्ध छैन कसरी बिरामी नजिक जाने ?, अस्पतालमा कार्यरत नर्स पुनम साहले कोरोना संक्रमणको हल्ला चलेदेखि आफूहरूले सुरक्षा सामग्री उपलब्ध गराउन भने पनि अस्पताल व्यवस्थापनले कुनै चासो नदिएको गुनासो गरिन् । 

‘कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारले चासो लिनुपर्ने हो, तर त्यसतर्फ सरकारले ध्यान दिएको छैन् । अहिलेसम्म हामी जोखिम मोलेर काम गरिरहेका छौं तर अब सम्भव देखिन्न,’ अर्की नर्स विभा कर्णले भनिन्, ‘बिरामी, कुरुवा आइसीयुदेखि सबै वार्डमा पुग्ने गरेका छन्, यहाँ जाँच गर्ने थर्मल गन छैन, हाम्रो समस्या कस्ले बुझिदिने ? बिरामीलाई मात्र नभएर कुरुवा समेत संक्रमित भएको हुन सक्छ,’ 
नर्स कर्णले अझै थपिन्, ‘हाम्रो आफ्नै सुरक्षाको कुनै ग्यारेन्टी भएन। कसरी काम गर्नु ?’

‘डाक्टरहरु राउण्डमा आउन छोडिसकेको र आए पनि दूरी बनाएर बस्न भन्नुहुन्छ,’ उनले भनिन्, ‘बिरामीसँग दूरी बनाएर बस्ने हो, भने मेडिकेसन कसरी गर्ने, बिरामीको हेरचाह गर्न हामी पनि सुरक्षित हुनुपर्‍यो नि ।’ 

कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारले गम्भीरताका साथ पहल गर्न नसकेको भन्दै व्यापक आलोचना भइरहेको छ । 

अहिलेको अवस्थामा रुपैयाँभन्दा कोरोनाको संकास्पद बिरामीलाई चेकजाँच गर्न आवश्यक उपकरण, क्वारेन्टाइन, आइसोलेसन बेड, भेन्टिलेटर, ल्याब लगायतको जरुरी रहेकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने नर्स सुनिता सिंह बताउँछिन् । उनले आफूहरूले काम गरेको चार महिनाको तलवसमेत नदिएको गुनासो गर्दै भनिन्, ‘हाम्रो ग्यारेन्टी कस्ले गर्छ?, सरकारीमा काम गर्नेलाई ७५ प्रतिशत भत्ता छ, हामीले के पाउँछौं ?’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.