पृथ्वीराजमार्गमा पैदल यात्रीलाई निशुल्क खाजा

पृथ्वीराजमार्गमा पैदल यात्रीलाई निशुल्क खाजा

धादिङ : सरकारले लकडाउनको समय थप गरेसँगै हिँडेरै घर फर्कने मजदुरको लर्को लागेको छ । लक डाउनको समय थप गरेपछि धादिङ जिल्लाका विभिन्न उद्योग, कल–कारखाना लगायत विकास निर्माणका क्षेत्रमा मजदुरी गर्न आएका आफ्नै घर फर्कन थालेका हुन् । 

घर फर्किन भने उनीहरूलाई लकडाउनले समस्यामा पारेको छ  । लकडाउनको समय अवधि थपिएपछि नजिक घर हुने मदजुर पैदलै यात्रा गर्न थालेका छन् । काम गर्ने उद्योगमा खानेकुराको अभाव हुन थालेको र परिवारसँग टाढा हुँदा धेरै समस्या आउन थालेपछि पृथ्वीराजमार्गमा पैदल हिँडेर यात्रा गरिरहेका भेटिन थालेका छन् । राजमार्गमा पैदल यात्रीहरू देखेपछि उनीहरूलाई भोकै हिँड्नु नपरोस् भनेर धादिङको थाक्रे गाउँपालिकाले भने खाजाको व्यवस्था गरेको छ ।

गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले भने, ‘पैदल यात्रीलाई सकेसम्म नहिँड्न अनुरोध गर्ने तर हिँड्न अति आवश्यक भएमा सुरक्षित रहने सन्देशसहित खाजा पानीको व्यबस्था गरेका छौँ । भोको पेटलाई थोरै भए पनि राहत दिने उद्देश्यले खाजा र पानीको व्यवस्थापन मिलाएका हौँ, स्थानीय युवाहरुले देखाउनुभएको सक्रियतालाई हामीले सहयोग गरेका हौँ ।’ 

खाजामा फुरनदाना, चाउचाउ, बिस्कुट, पानी, रहेको छ ।
कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमण रोक्नको लागि नेपालभर लकडाउन गरेपछि सवारी साधन मात्र होइन होटल लगाएत सबै पसल बन्द भएका छन् । आपतकालीन अवस्थामा हिँडेरै यात्रा गर्नुपर्ने यात्रीहरूको लागि गाउँपालिकाले खाजाको व्यवस्था गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.