संक्रमित युवतीको परिवारका चार सदस्यमा कोरोना नभएको पुष्टि

संक्रमित युवतीको परिवारका चार सदस्यमा कोरोना नभएको पुष्टि

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी युवतीको परिवारका चार सदस्यलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ। 

सोमबार परिवारका ७ सदस्यसहित ११ जनाको नमुना स्वाब पठाइएकोमा परिवारका चार सदस्यको बुधबार नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको छ।
धौलागिरी अञ्चल अस्पताल बागलुङले युवती, उनका परिवार र उनीसँगै यात्रा गरेका १० जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाएको थियो।

परीक्षणका लागि पठाइएको मध्ये बुवा, हजुरबुबा, मावली तर्फका दाजु र दिदीको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डन डाक्टर शैलेन्द्र बि पोखरेलले जानकारी दिए।

उनका अनुसार, अन्य ६ जनाको स्वाब परीक्षण हुन बाँकी छ। उक्त रिपोर्ट बिहीबारसम्म आउने डा.पोखरेलले बताए। संक्रमित फेला परे सँगै कोरोना (कोभिड-१९) भाइरस को संक्रमणको तिव्र जोखिम देखिएको भन्दै बागलुङमा पछिल्लो समय त्रास बढेको छ। 

संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया किशोरीको दोस्रो पटक स्वाब परीक्षणका लागि काठमाडौ पठाइएको छ। ‘संक्रमित किशोरीको दोस्रो पटक परीक्षणका लागि पठाएका छौँ, अहिले धेरै सुधार भएको छ, खाना पनि रुचेको छ,’ डा.पोखरेलले भने,‘दोस्रो पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आउनेमा हामी धेरै आशावादी छौँ।’

गत चैत्र ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ बाट नेपाल आएका थिइन्।  कतार एयरवेजको विमानमा सवार काठमाण्डौंकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण पुष्टि भए पछि विमानमा सवार यात्रुको खोजी गर्ने क्रममा बागलुङका किशोरीलाई पनि सामान्य ज्वरो देखिएकाले चैत्र १२ गते स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको थियो। 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं पठाइएको स्वाब परीक्षणमा किशोरीमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो। सोही विमानमा आएका बागलुङ ढोरपाटनका युवाको पनि स्वाब परीक्षणमा पठाइएको छ भने अर्का एक महिलाको अवस्था भने अहिले सामान्य छ। उनीहरु अहिले होम क्वारेन्टाइनमा छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.