स्यानीटाइज गरिएनन् मालवाहक गाडी

स्यानीटाइज गरिएनन् मालवाहक गाडी

भैरहवा : कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले विदेशबाट सामान आयात गर्ने कन्टेनर र ट्रकलाई भन्सार विन्दुमा किटाणुरहित स्प्रे (स्यानीटाइज) गर्ने व्यवस्था मिलाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन्।

भारतको सीमाबाट सर्वसाधारणको आवातजावत ठप्प छ। भैरहवा नाका हँुदै भारतबाट खाद्यान्नसहित अन्य साम्रगी बोकेका मालवाहक गाडीहरु भने निर्वाधमा मुलुकमा आइरहेका छन्। तर, विगतको तुलनामा निकै कम आयात भइरहेको हो। भारतमा भएको लकडाउनले पनि आयातमा असर गरेको छ। विगतमा दैनिक पाँच सयको हाराहारीमा आउने मालवाहक गाडी अहिले दैनिक औसतमा डेढ सय आइरहेका छन्। जसमध्ये तरकारी, फलफूल, चामल, इन्धन, एलपीजी ग्यासलगायत छन्। अन्य खाद्यान्नसँगै अत्यावश्यक ग्यासको नाकाबाट निरन्तर आयातमा भइरहेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले बताए।

भारतबाट खाद्यान्न सहितको मालवाहक गाडी मुलुकमा भित्र्याउनु अहिलेको आवश्यकता पनि हो। तर, त्यहाँबाट आउने मालवाहक गाडीको मध्यमबाट पनि नेपालमा भाइरसको संक्रमण फैलिन सक्ने जोखिम पनि छ। अहिले भारतमा संक्रमितको संख्या दिनहुँ बढ्दै जानुका साथै मृतकको संख्या पनि बढ्दै गइरहेको छ। भारतमा कुनै संक्रमितले कुनै पनि माध्यमबाट मालवाहक गाडीमा छोएको अवस्थामा नेपालको कुनै स्वास्थ्य व्यत्तिाmले सोही स्थानमा छोएमा संक्रमण सर्न सक्ने सम्भावना रहन्छ।

सोही विषयलाई मध्यनजर गर्दै मालवाहक गाडीसँगै आउन सक्ने भाइरस संक्रमणको रोकथामका लागि सरकारले भन्सार विन्दुमा गाडीलाई स्यानीटाइज गर्ने निर्देशन दिएको थियो। भारतमा पनि संक्रमण रोकथामका लागि भारतमै रहेको सार्वजनिक बस, रेल लगायतलाई धमाधम स्यानीटाइज गर्ने काम भइरहेको छ। तर, सरकारले चैत १२ गते गाडीलाई स्यानीटाइज गर्ने गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन। भारतबाट भित्रिरहेका मालवाहक गाडीहरुलाई स्यानीटाइज नगरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमल भट्टराईले बताए। उनले भने, 'अहिले गाडीहरुलाई स्यानीटाइज गरिएको छैन तर कार्यालय, भन्सार यार्डलाई निरन्तर स्यानीटाइज गरिरहेका छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.