यस्ता भेटिए करुणका पात्र

यस्ता भेटिए करुणका पात्र

हेर भिखारी अडि अडि आयो

करुण दृष्टिले नजर उठायो।

गाढा दुःखको मौन प्रकाश।

झिना आशा-तार बजायो

घाम उज्यालो आँगन पास।

एक बिन्दुमा गोल खसायो

जीवनको इतिहास।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘भिखारी’ कवितामा यस्तै हरफ लेखेका छन्। झुत्रे लुगाले शरीर ढाकेका एक मगन्ते आकाशतिर नजर डुलाउँदै थिए। मध्याह्नको १२ बज्दै थियो। वरको फेदमुनि एक मगन्ते पल्टिरहेका थिए। महोत्तरीको बर्दिबास चोक लकडाउनले चकमन्न थियो। सडकमा केही गाडी गन्तव्यतिर हुइँकिँदै थिए आफ्नै गतिमा। प्रहरी लकडाउन कडा बनाउन व्यस्त देखिन्थे।

भोला वसन्त चोकभन्दा पश्चिम राजमार्गको उत्तरपट्टि बरको बोट छ। भंगेराहरू गुँडमा चिरबिर गरिरहेका थिए। बरको बोटमुनि भोको पेट लिएर एक भिखारी आकाशतिर हेरिरहेका थिए। आकाश खुलेको थियो। नीलो-सेतो रङले रंगिएको गगनमा उनको नजर एकोहोरो थियो। कयौं दिनको भोको पेटले भने अनुहारको चमक हराएको देखिन्थ्यो।

मैले झोलाबाट क्यामेरा झिकेर उनीतर्फ फोक्स गरें। आँखाले आकाशतिर हेरेर भोको पेट भर्ने सपना उनी देख्दै थिए। ‘खाना खानुभयो ? ’ मैले सोधें। उनले मतिर हेरे। टाउको हल्लाउँदै जवाफ दिए, ‘छैन’। मान्छे आएको देखेर उनले सोचे, ‘अब खान देला’। तर मसँग साथमा खानेकुरा केही थिएन। वरिपरि हेरें कुनै पसल खुलेको थिएन।

लकडाउनले भिख मागेर खानेहरूको गाँस खोसेको छ। बर्दिबास बजार बन्द छ। मागेर खाने दैलो सुनसान छ, होटलको भान्छामा भात पाकेको छैन।

मान्छेले खाएर फालेका जुठो उनीहरू बटुलेर खान्थे। कोहीसँग मागेर छाक टार्थे। सडेगलेका फलफूलले भोको पटेको विद्रोहलाई शान्त पार्थे। तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले बजारै बन्द भएपछि भिखारीहरू भोकै छन्। बजार बन्दले पिउने पानी पनि पाउँदैनन्। सबका सब लकडाउनमा छन्, भोको पेट लिएर मग्नेहरू सडक किनारमा छट्पटाइरहेका छन्।

वरको बोटभन्दा केही पर पुगें। एकजना मगेर खाने महिला भेटिइन्। उनी पनि सडकतिर नजर लगाउँदै थिइन्। सटरको बरन्डामा बसेर उनी टोलाइरहेकी थिइन्। फोटो खिच्न खोज्दा उनी रिसाइन्। उनको साथमा एउटा पानीको बोतल थियो, पिँधमा अलिकति पानी थियो।

६० वर्ष उमेरकी उनी ७-८ वर्षदेखि बर्दिबासमा मागेर खान्छिन्। लकडाउनले ती महिलाको पनि जीवन संकटमा छ। भोकै छिन् उनी पनि।

ती महिलाको पश्चिमपट्टि भुइँमै सुतेका थिए, वृद्ध उमेरका भिखारी।

झुत्रो लुगा लगाएका माथिका भिखारीभन्दा फरक थिए उनी। उनी सिसौको रूखको छहारीमा मस्तले सुतेका थिए। कपाल-दाह्री सेताम्य देखिन्थ्यो। उमेरले त्यसै ६०-६५ हुँदो होला। उनी पनि लकडाउनले भोकैप्यासै बाँचिरहेका छन्। ती वृद्धको अनुहारले भनिरहेको थियो, ‘हे प्रभु, हामी दिनदुःखीमाथि हजुरको दया लागोस्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.