छैठौं कोरोना संक्रमण पुष्टि भएकी ६५ वर्षीया धौलागिरी अस्पताल भर्ना

छैठौं  कोरोना संक्रमण पुष्टि भएकी ६५ वर्षीया धौलागिरी अस्पताल भर्ना

बागलुङ : छैठौं कोरोना संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षीयालाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । घरमै होम क्वारेन्टाइनमा बस्दै आएकी महिलालाई कोरोना पुष्टि भएसँगै बिहीबार राति धौलागिरी अञ्चल अस्पतालमा ल्याएर आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको छ । 

संक्रमित महिलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए । महिलालाई कोरोना पुष्टि भएसँगै बागलुङमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । यसअघि बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया किशोरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि धौलागिरी अस्पतालकै आइसोलेशन वार्डमा उपचार भइरहेको छ । 'उपचाररत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ,' डा. पोखरेलले भने, 'हामी सुरक्षित तरिकाले उपचारमा खटिरहेका छौं, तपाईहरु घरमै बस्नुहोस्, गम्भीर समस्या भए अस्पताल उपचार सेवा प्रदान गर्न तयार छ ।'

कतार एयरवेजको क्यूआर ६५२ नम्बरको बिमानबाट नेपाल आएका काठमाडौंका किशोरीलाइै संक्रमण पुष्टि भएपछि सोही विमानमा सवार यात्रुको खोजी गर्ने क्रममा बागलुङका चारजना रहेको पाइएको थियो।

जसमध्ये परीक्षणका क्रममा बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया किशोरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सोही विमानमा सवार बानपा ३ का यी महिलाको पनि स्वाब परीक्षणमा पठाइएको थियो । 

बागलुङमा संक्रमण पुष्टि भएकी दुवै किशोरी र महिला बेल्जियमबाट बागलुङ आउँदा सँगै यात्रा गरेका थिए । किशोरीको अवस्था अहिले पनि सामान्य भएकाले दोस्रो पटकको स्वाब परीक्षणका लागि पठाइएको छ ।

बिहीबार संक्रमणको पोजेटिभ रिपोर्ट आएका महिला फागुनको दोस्रो सातामा कान्छी छोरी भेट्नका लागि बेल्जियम पुगेकी थिइन् । छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण नभएको भन्दै धेरै दिनसम्म उनको नमुना संकलन समेत गरिएको थिएन । 

तर, जिल्लामा जोखिम बढ्दै गएपछि एकै विमानमा सवार भएका बागलुङका चारैजनाको नमुना स्वाब परीक्षण हुनुपर्ने दबाब तीव्र बन्दै गएकाले नमुना संकलन गरी पठाइएको थियो ।संक्रमित युवति र महिला सवार विमानमा सँगै आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको रिपोर्ट भने नेगेटिभ आएको छ । 

संक्रमित बानपा ४ कुडुलेकी युवतीसँगै काठमाडौं उत्रिएर पोखरा हुँदै बागलुङ आएका महिला घरमै परिवारसँगै बसेकी थिइन् । उनको परिवारमा ९० बर्षिया ससुरा,बुहारी र दुई नाती छन् । एउटै विमानमा आएका काठमाण्डौका युवतिलाई कोरोना संक्रमण पुष्टि भएर कुडुलेका किशोरीलाई सामान्य ज्वरोको लक्षण देखिएपछि मात्रै ती महिला होम क्वारेन्टाइनमै छुट्टै बस्दै आएकी छन् । 

जिल्लामा दुईजना संक्रमित फेला परेसँगै कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको तीव्र जोखिम देखिएको भन्दै बागलुङमा त्रास बढेको छ । कोरोना संक्रमण देखिएका कुडुलेकी किशोरीको परिवारका परिवारका ७ जना सदस्य सहित ११ जनाको नमुना स्वाब पठाइएकोमा संक्रमित किशोरीका बुवा, हजुर बुवा, हजुआमा, फुपु, फुपुका छोरा र छोरीमा संक्रमण नभएको रिपोर्ट आएको छ । अन्य चारजनाको भने रिपोर्ट आउन बाँकी छ । 
  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.