कोरोनाविरुद्ध खट्नेलाई बिमा र भत्ता

कोरोनाविरुद्ध खट्नेलाई बिमा र भत्ता

रोल्पा : रुन्टीगढी गाउँपालिकाले कोरोनाविरुद्ध खटिएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नगर प्रहरीलाई अतिरिक्त जोखिम भत्ता दिने भएको छ। स्वाथ्यकर्मीलाई ५ लाखसम्मको जोखिम बिमा हुनेछ। स्वास्थ्यकर्मीले सरकारले प्रदान गर्ने ५ लाखको बिमासहित ७५ प्रतिशत जोखिम भत्ता पाउनेछन्।

गाउँपालिकाले कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीलाई ५० प्रतिशत जोखिम भत्ता दिनेछ। कोरोना महामारीविरुद्ध अहोरात्र खटिनेहरूको मनोबल बढाउन गाउँपालिकाले यस्तो निर्णय गरेको पालिका अध्यक्ष बालाराम बुढामगरले जनाए। सो गाउँपालिकाले ३० लाख रुपैयाँको कोरोना विपद् कोषसमेत खडा गरेको छ। गाउँपालिकाले ३० लाखको कोष स्थापना गरेको छ। नौ वटै वडाले कोषमा ३७ लाख ५० हजार रुपैयाँ जम्मा गर्ने भएका छन्। सो गाउँपालिकामा कतारबाट फर्किएका एक युवकलाई ज्वरो देखिएपछि स्वास्थ्यकर्मीले दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल रेफर गरेका छन्।

त्रिवेणी गाउँपालिकाले पनि १५ लाखको कोरोना विपद् कोष स्थानपना गरेको छ। कोषको रकम पर्याप्त नभएपछि थपिने अध्यक्ष शान्तकुमार वलीले बताए। उनका अनुसार क्वारेन्टाइनमा रहेकालाई खानाको व्यवस्था कोषबाटै गरिनेछ।

जरुरी काममा पासको व्यवस्था भारत र अन्यत्रबाट फर्किएकाहरूको चहलपहल बढेपछि टोलमै लकडाउन गरिएको छ। रुन्टीगढी, त्रिवेणीलगायत गाउँपालिकाले एउटा टोलबाट अर्को टोल जान रोक लगाएका छन्। त्रिवेणी गाउँपालिकाले अत्यावश्यक काममा जान–आउन पासको व्यवस्था गरेको छ। रुन्टीगढीमा मात्रै भारतका विभिन्न भेगबाट ८० जना भन्दा बढी फर्किएका छन्। काठमाडौंका इँटा भट्टा र भारतबाट फर्किनेलाई त्रिवेणी गाउँपालिकाले ३५ वटा क्वारेन्टाइनमा राखेको छ। पश्चिम रोल्पाको गंगादेव गाउँपालिकामा भारतबाट ३ सयभन्दा बढी फर्किएका छन्। फर्किने सबैलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिँदै गाउँघर घुमफिर गर्न रोक लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.