छाकटार्न समस्या भएकालाई खाद्यान्न सहयोग

छाकटार्न समस्या भएकालाई खाद्यान्न सहयोग

धनगढी : लकडाउनले विपन्न परिवारलाई छाक टार्न समस्या भएपछि खाद्यान्न वितरण गर्न सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले गर्दा ११ दिनदेखि लकडाउन छ । यसले गर्दा दैनिक ज्याला गरी छाक टार्ने वर्गलाई समस्या भएको छ ।  

धनगढी उपमहानगरपालिकाले खाद्यान्न सहयोग दैनिक ज्यालादारी गर्ने मजदूर, अति विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत वितरण सुरु गरेको हो । धनगढी उपमहानगरपालिकाले पहिलो पटक वडा नम्बर ८ को भद्रपुर शिविरका ७६ घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका नागरिकलाई सरकारले चैत १६ गते स्थानीय तहमार्फत् राहतस्वरुप खाद्यान्न वितरण गर्ने निर्णय गरेको थियो । दिनभरी अर्काको मजदूरी गरेर खानेलाई सहयोग पाएपछि उनीहरुले व्यक्त गरेका छन् । उमहानगरले प्रति परिवार चामल १० किलो, दाल २ किलो, तेल एक लिटर, नुन १ किलो, आलु र प्याज १ किलो खाद्यान्नको प्याकेज बनाएको छ । लकडाउनले दैनिक चलाउनै समस्या भएपछि राहत वितरण सुरु गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले बताए । उनले ८ नम्बर वडामा रहेका २ सय परिवारलाई राहत प्रदान गरिने जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले १९ वटै वडामा राहत वितरण सुरु भएको बताए । ‘देशमा एक प्रकारको बिपद् आएको छ,' उनले भने, 'यसमा सबैले सहयोग गर्न आवश्यक भएको छ । जसक आर्थिक अवस्था कमजोर छ । त्यसले मात्र राहत प्याकेज लिनु नै सबैको हित हुन्छ ।'

राहत वितरण न्यायोचित तरिककाले वितरण हुने मेयरले दाबी गरे । मेयर वडले ब्यक्तिगत रुपमा नभई संस्थागत रुपमा राहत वितण गरिदिन नगरवासी लाई आग्रह गरे । लकडाउनले ११ दिन देखि धनगढी लगायत धनगढीको आर्थिक स्थित ठप्प रहेको छ । विपन्न परिवारलाई सहयोग गर्ने दाताहरु पनि बढ्दै गएका छन् । विभिन्न स्थानीयतह मार्फत राहत वितरण भईरहेको हो । विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा खाद्यान्न सहयोग हुने क्रम जारी छ ।

विपन्न परिवालाई भन्दै उपमहानगरलाई बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले खाद्यान्न सामग्री उपलब्ध गरेको छ । उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई मन्दिर व्यवस्थापन सेवा समितिका सचिव पदमराज जोशीलगायतको टिमले खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।

यस्तै धनगढीमा रहेको हिमशिखर सहकारी संस्थाले मजदुरी गरेर खाने बर्गका लागि भन्दै खाद्यान्न सहयोग गरेको छ ।  धनगढी उप-महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपककुमार थापा क्षत्री पनि व्यक्तिगत रुपमा खाद्यान्न सहयोग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.