दबाबपछि उच्च ज्वरो र रुखाखोकी लागेका बाबुछोराको अस्पतालले भर्ना लियो

दबाबपछि उच्च ज्वरो र रुखाखोकी लागेका बाबुछोराको अस्पतालले भर्ना लियो

पाल्पा : ज्वरो आएको रुघाखोकी लागेको  विरामीहरुलाई फिर्ता गरेको पाल्पाको एक नीजि मेडिकल कलेजले चौतर्फी दबाबपछि विरामीलाई पुन: बोलाएर भर्ना गरेको छ।  बिहीबार साँझ चेकजाँच गरी सामान्य विरामी भन्दै लुम्विनी मेडिकल कलेजले फिर्ता गरेकोमा चौतर्फी दबाबपछि शुक्रबार पुन:  २ जनालाई भर्ना गरेको हो।  जिल्ला प्रशासन कार्यालय, जिल्लाका सांसद, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको चौतर्फी दबाबपछि मेडिकल कलेज बाध्य भएर शुक्रबार दिउँसो करीब पौने २ बजे २ जना विरामीलाई भर्ना गरेको हो।

माथाँगढी गाउँपालिका-४ झडेवा निवासी २४ वर्षीय विष्णुबहादुर सारु र उनको बुवा चन्द्रबहादुर सारु उच्च ज्वरो रुखाखोकीले एक सातादेखि सताएको थियो।  रुपन्देहीको लुम्विनी क्षेत्रमा एक होटलमा काम गर्दै आएका सारु लकडाउनपछि  पाल्पाको झडेवास्थित घरमा आएका थिए। लगातार ज्वरो र खोकी लागेपछि स्थानीय मेडिकलबाट औषधी खाए पनि निको नभएपछि विष्णु बिहीबार साँझ मात्र लुम्विनी मेडिकल कलेजमा उपचारको लागि पुगेका थिए। मेडिकल कलेजका चिकित्सक टोलीले आफुबाट सम्पुर्ण जानकारी लिइसकेपछि  अवस्था सामान्य रहेको औषधी मात्र दिएर भर्ना गर्न नपर्ने र घरमा एक्लै कोठामा बस्न सुझाव दिँदै फर्काएको विरामी विष्णुले बताए। 

सारुका बाबु छोराको ज्वरो तथा रुघाखोकीलगायन अन्य लक्षण हेर्दा दुबैको स्याब परिक्षण गर्नुपर्ने अवस्था गाउँपालिकाको स्वास्थ्य टोलीले निकालेपछि सोही आधारमा लुम्विनी मेडिकल कलेजमा आइसोलेसन वेड भएकोले भर्ना हुन पठाएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताए।  सारुका बाबु छोरालाई गाउँ फर्काउने अवस्था नभएको उनले बताए। सारुको परिवार, नजिकको ३ घरमा गाउँपालिकाले उच्च निगरानीमा राखिएको अध्यक्ष थापाले  बताए। अस्पतालमा उपचार गर्न आएका विरामी फर्काएको कुरा सार्वजनिक भएपछि शुक्रबार बिहान मेडिकल कलेजमै प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, तीन वटै सुरक्षा निकायका प्रमुख, जिल्लाका सांसदसहित टोली कलेजका व्यवस्थापकीय टिमसँग छलफलमा जुटेपछि अस्पताल भर्ना गरिएको हो।

लुम्विनी मेडिकल कलेजले भने कलेजको बदनाम गर्न केही पक्ष  लागेको जनाएको छ। कलेजका निर्देशक डा. राजु शाक्यले केही सामाजिक संञ्जालमा आएजस्तो ७ सय स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्न नसक्ने नभनेको बताए। 'एक जना स्वास्थ्यकर्मीले बिहीबार साँझ फोन गर्नुभयो। लगातार औषधी खाँदा समेत एक जना विरामी ठिक भएन कोरोनाको लक्षण छ भनेपछि मैले कलेजमा पठाइदिनुस हामी हेर्छौं भनेको हुँ' निर्देशक डा. शाक्यले भने 'विरामी पनि आए, मेरो मेडिकल टिमले चेकजाँच गरेपछि स्थिती सामान्य रहेकोले घर पठाएका हौं। घर फर्किँदा स्वास्थ्यकर्मीले तिमिलाई कोरोनाको आशंका छ तिमी अस्पताल भर्ना हुनै पर्छ भनेर मानसिक त्रास देखाएकोले विरामीलाई मानसिक त्रास नहोस भन्दै पुन मेडिकल कलेजले नै शुक्रवार बोलाएर दुबैलाई भर्ना गरेका हौं।' अहिले उनीहरुको अवस्था सामान्य रहेको डा. शाक्यले बताए। उनीहरुका कोरोनाको कुनै लक्षण नभएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले भने 'गाउँ गाउँमा सामान्य ज्वरो, रुघाखोकी लाग्दा कोरोनाको सक्रमण भयो भनेर भन्ने तपाई हामी कुनै मेडिकल पर्सन नभएको, चिकित्सकले चेकजाँच गरेपछि अवस्था सामान्य रहेको विरामीलाई घर फर्काउनु स्वभाविक हो। सामान्य विरामीलाई जवरजस्ती कुनै पक्षबाट भर्ना गराउन खोज्नु विरामीको मानसिक अवस्था कमजोर बनाउनु हो।'

यसअघि  मेडिकल कलेज प्रभासले पुर्वाखोला गाउँपालिका-४ विरकोटका खेमबहादुर सारु, तानसेन नगरपालिका-६ जैसीचौपारीका बाबुराम विक र वगनासकाली गाउँपालिका-२ का दामोदर कुमाललाई अस्पतालमा उपचार नगरी फिर्ता गरेको भन्दै चौतर्फी विरोध भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.