‘उपचार नगर्ने स्वास्थ्यकर्मीको लाइसेन्स खारेज’

‘उपचार नगर्ने स्वास्थ्यकर्मीको लाइसेन्स खारेज’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को उपचार लगायत अन्य स्वास्थ्य सेवा संचालनमा बाधा पुराउने चिकित्सक एवं स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्न सिफारिस गर्ने भएको छ।

सचिव स्तरीय निर्णय गर्दै कोरोना भाइरस (कोभिड-१९) को उपचार लगायत अन्य स्वास्थ्य सेवा संचालनमा बाधा पुराउने चिकित्सक एवं स्वासथ्यकर्मीको विवरण संकलन गरी आवश्यक छानविन गरिने मन्त्रालयले जनाएको छ। आवश्यक छानविन गरि सेवामा बाधा पुराउने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरि पेशागत लाइसेन्स खारेज गर्न सम्बन्धित परिषदमा सिफारिस गरिने भएको छ।

यसलाई कार्यान्वयन गर्न मन्त्रालयका डा. गुणराज लोहनीले नेपाल चिकित्सा परिषद, नर्सिङ परिषद, फार्मेसि परिषद,आयुर्वेद चिकित्सा परिषद र स्वास्थ्य व्यवसायी परिषदलाई पत्राचार समेत गरेका छन।

उपचारमा कमी नहुन निर्देशन

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका विरामीको उपचारमा कमी हुन नदिन निर्देशन दिएका छन।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिंदै मन्त्री ढकालले उपचार सेवालाई चुस्त बनाउन खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन कुनै कसर बाँकी नराखिने बताए। स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता र बिमाको व्यवस्था भइसकेको उनले बताए।

सोहि अवसरमा न्याम्सका उपकुलपति डा. देवनारायण शाहले कारोनाको संक्रमण सहितका विरामीको उपचारका लागि पूर्णरुपमा तयार रहेको बताए। वीर अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेन्चुरीले सोमबारबाट कोरोनाको नमुना परीक्षण हुने जानकारी गराएका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.