ज्वरोका बिरामी नबोक्ने एम्बुलेन्स भाडामा यात्रु बोक्दै

ज्वरोका बिरामी नबोक्ने एम्बुलेन्स भाडामा यात्रु बोक्दै

कालिकोट : ज्वरोका बिरामी बोक्न नमान्ने अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु बोक्ने गरेको छ । सामान्य ज्वरो र रुघाखोकीका बिरामी बोक्न नमान्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटको हरियो अस्थायी नं. प्लेटको एम्बुलेन्सले भाडामा यात्रु बोक्ने गरेको हो । 

लकडाउनको समयमा अन्यसवारी साधन चल्ने नभएकाले मौकाको फाइदा उठाउँदै एम्बुलेन्सले यात्रु बोक्ने गरेको छ । बिहीबार राति जिल्ला स्वास्थ्य सेवा कार्यालयको एम्बुलेन्सले सुर्खेतको वीरेन्द्रनगरबाट ७ जना यात्रु बोकेर कालिकोट ल्याएको छ । बुधबार रति कालिकोटबाट आएको एम्बुलेन्सले सुर्खेतको वीरेन्द्रनगरबाट ७ जना यात्रुलाई ४ हजारका दरले भाडा लिएर कालिकोट ल्याएको यात्रुले जानकारी दिएका छन्।

सुर्खेतबाट एम्बुलेन्समा यात्री बनेर आएका रास्कोट नगरपालिका-६ का सनेश शाहीले ज्वरो आएको छैन भने तपाईलाई लैजान सकिन्छ भनी ड्राइभरले भनेपछि आफू बिहीबार राति कालिकोट पुगेको बताए । आफूले एम्बुलेन्स चालकलाई ४ हजार भाडा तिरेको उनले जानकारी दिए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले एम्बुलेन्सले भाडामा यात्रु बोकेको विषयमा गुनासो आएको र सोधपुछ गरिरहेको बताए । ‘यसबारे मलाई पूरा जानकारी छैन। गुनासो आएको छ।’ महतले भने- ‘पुष्टि भए तत्काल कारवाही प्रक्रिया अगाडी बढाउछौँ । 

गत शनिबार मात्र उक्त एम्बुलेन्सले कालिकोट प्रदेश सभा क का सांसद कुर्मराज शाही लगायतको टोलीलाई बोकेर कालिकोट ल्याएको थियो। एम्बुलेन्स चालक रबिन खड्काले आफूले सुर्खेतबाट तीन जना यात्रुलाई ल्याएको स्वीकार गरे । उनले भने, ‘नेपाली कांग्रेसका पार्टी प्रवक्ता नगेन्द्र बिष्ट सहित अरु दुई जना यात्रु थिए। एक अटो चालक हुन । एक जना स्थानिय हुन। अरुको नाम थाहा भएन्।’ कांग्रेस प्रवक्ता बिष्टले भाडा नदिएको र अरु दुई जनाले १२∕१२ सय रुपैया दिएका थिए । चालक खड्काले बताए । ‘मैले भाडा मागेको होइन। आफै मेरो सुत्ने कोठामा आएर भाडा दिएर गए ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.