बाजुरामा आइसोलेसनमा भर्ना भएका व्यक्तिको रिपोर्ट नेगेटिभ

बाजुरामा आइसोलेसनमा भर्ना भएका व्यक्तिको रिपोर्ट नेगेटिभ

बाजुरा : कोरोनाको आशंकामा जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा भर्ना गरिएका बिरामीको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ। गएको मंगलबारदेखि कोरोना भाइरस (कोभिड-१९) को सामान्य लक्षण देखिएपछि १६ वर्षे एक जना किशोरलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो। 

ज्वरो १ सय डिग्री भन्दामाथि तापक्रम र सुख्खा खोकी पनि देखिएकोले आइसोलेसनमा भर्ना गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताए।  'स्वाब नमुना परीक्षणका लागि प्रादेशिक प्रयोगशाला धनगढी पठाएको थियो।' उनले भने, 'त्यहाँ मेसिन जडान ढिलो भएकाले काडमाडौंमा परीक्षण गरियो।'

स्वाब परीक्षणको लागि बाजुराबाट पठाएको चार दिन पछि रिर्पोट नेगेटिभ आएको उनले बताए। रिर्पोट नेगेटिभ आएकाले आइसोलेसनबाट डिस्चार्ज गरी वार्डमा सारेर अन्य चेकजाँच गरेर घर पठाउने बिश्वकर्माले बताए। 

आइसोलेसनमा रहेका किशोर एक हप्ता अघि भारतबाट आएर गौमुल गाउँपालिकाले स्थापना गरेको कृर्तिचौर माबिस्थित क्वारेनटाइममा राखिएका थिए। अत्यधिक ज्वरो आएपछि क्वारेन्टाइमबाट जिल्ला अस्पताल बाजुरामा उपचारको लागि पठाएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए। आज रिर्पोट रिपोर्ट नेगेटिभ आएको रोकायाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.