कोरोना संक्रमितसँगै आएका धादिङका ७ जना सम्पर्कमा

कोरोना संक्रमितसँगै आएका धादिङका ७ जना सम्पर्कमा

धादिङ : विश्वभर कोराना भाइरसको महामारी बढ्दो छ । नेपालमा पनि संक्रमण फैलिन नदिन देशभर लकडाउन गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला भारत लगायत तेस्रो मुलकबाट धादिङ आउनेको सङ्ख्या ४ सय ९ जना पुगेका छन् । तर क्वारेन्टाइनमा भने १ सय ८ जना मात्रै रहेका छन् । 

क्वारेन्टाइनमा बसेका मध्ये पनि विदेशबाट आउने जम्मा ७८ जना मात्रै छन् । रोजगारी, अध्ययन तथा विभिन्न कामले विदेशिएका मध्ये ४ सय ७९ जना स्थानीय तह, प्रशासन तथा प्रहरीको सम्पर्कमा आएका छन् । धेरै जना घरमै सुरक्षित क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । प्रहरी र प्रशासनले विदेशबाट आएकालाई सामुहिक क्वारेन्टाइनमा नबसे सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

विदेशबाट फर्कने मध्ये सबैभन्दा बढी भारतबाट ३ सय ९३ जना छन् । त्यस्तै दुबईबाट ३७, कतारबाट १७ जना र अरु अन्य देशबाट रहेका छन् । जिल्लाभर १३ वटै स्थानीय तहका ५९ वटा ठाउँमा ५ सय ९० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।

कोरोनाको तेस्रो संक्रमित धादिङ सेमजोङका थिए । दुवइबाट आएका उनी गाउँमा नआइपुग्दै कोरोना लागेको पत्ता लागेपछि उनीसँगै एयर अरेवियाको जहाजबाट नेपाल आएका ७ जनालाई पनि प्रशासनले सम्पर्कमा ल्याएको छ । ७ मध्ये एक जनामा कोरोना भेटिएपछि सबैको खोजी गरिएको थियो ।

७ जनाकै अवस्था सामान्य रहेको र प्रशासनको सम्पर्कमा रहेको विपत व्यवस्थापन समिति धादिङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । साथै लक डाउनलाई प्रभावकारी बनाउन अत्यावश्यक सेवाभन्दा बाहेका कुनै पनि सवारी साधनलाई पास दिन पूर्ण बन्द गरिएको तामाङले बताए ।

जिल्लाभर ३९ बेडको आइसोलेसन

कोरोना संक्रमित तथा शंकास्पद बिरामीको उपचारको लागि धादिङमा ३९ बेडको आइसोलेसन तयार भएको छ । जिल्ला अस्पताल धादिङले पनि सदरमुकाम धादिङबेसीमा रहेको कृषि ज्ञान केन्द्रको नयाँ भवनमा  एकीकृत आइसोलेसन कक्ष निर्माण गरेको छ।

नेपाल सरकारले जिल्ला अस्पताललाई आइसोलसन कक्ष निर्माण गर्न निर्देशन दिएपछि जिल्ला अस्पतालले विभिन्न निकायसँगको समन्वय र सहकार्यमा कोरोना उपचारको अस्थायी एकीकृत आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले बताए । 

आइसोलेसन कक्षका लागि शैया, स्वास्थ्यकर्मी, औषधि र उपकरणको व्यवस्थापन धादिङ अस्पतालले गरेको हो । सदरमुकाममा रहेको कारण आइसोलेसन कक्षमा जुनसुकै स्थानीय तहबाट बिरामी आउन सक्ने भएकाले आवश्यकता अनुसार शैया र उपकरण थपिँदै लगिने र त्यसका लागि जिल्लाका स्थानीय तहसँग सहकार्य भइरहेको अस्पताल विकास समितिका अध्यक्ष धमलाले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.