बागलुङमा थप कडाई, लकडाउन उलंघन गर्ने ४० जना पक्राउ
बागलुङ : जिल्लामा कोरोना संक्रमित संख्या र थप संक्रमणको जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले थप कडाइ गर्न थालेको छ । देशभर जारी लकडाउन उल्लंघन गर्ने ४० जनालाई आइतबार बिहानै प्रहरीले पक्राउ गरेको छ । पटकपटक आग्रह गर्दा पनि बजारमा खुलेआम हिँड्ने र सवारी चलाउनेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
प्रहरीले आइतबा बिहानदेखि थप कडाई गर्दै घर बाहिर ननिस्कन, फलफूल तथा तरकारी समेत फोनबाट घरमै मगाउन आग्रह गरेको छ । 'यदी कोही कसैले सूचनाको वेवास्ता गरी लकडाउनको उल्लंघन गरेको फेला परेमा पक्राउ गरिरहेका छौ', प्रहरी प्रमुख भट्टले भने, 'दूधजन्य पदार्थ, तरकारी तथा फलफूल माग गरेमा घर घरमै पुर्याउने व्यवस्था मिलाउन बिक्रेतालाई भनेका छौं ।'