अमेरिकामा दुई नेपाली घरभित्रै मृत फेला, कोरोना आशंका

अमेरिकामा दुई नेपाली घरभित्रै मृत फेला, कोरोना आशंका

अमेरिका : अमेरिकाको न्यूयोर्कमा बस्दै आएका दुईजना नेपाली घरभित्रै मृत अवस्थामा भेटिएका छन् । नेपालमा मुस्ताङ जिल्ला घरभएका अन्दाजी ४० वर्षीय दुईजना नेपाली घरभित्रै मृत भेटिएको नुप्रि एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिएका छन्। 

न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्दै आएका सोनाम लामा र क्विन्स सन्नीसाइड बस्ने थोक्मे बिष्टको मृत्यु भएको जानकारी दिइएको छ ।केही दिनदेखि बिरामी रहेका करिब ४० वर्षीय सोनामको उनी बस्ने कोठाभित्रै मृत्यु भएको जानकारी दिइएको छ । 

लामो समयफोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा उनी मृत अवस्थामा थिए । उनको मृत्यु कोरोना संक्रमणका कारणले हुन सक्ने बताइएको छ। यद्यपी उनको पोष्टमार्टम रिर्पोट भने आएको छैन्। 

१८ वर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा छ । उनको शव केही दिनअघि प्रहरीले लगेर गएको र उनका आफन्त अमेरिकामा नभएकाले अन्य जानकारी भने प्राप्त नभएको जनाइएको छ । 

यसैगरी करिब १२ वर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको पनि उनी बस्ने अपार्टमेन्टमा नै मृत्यु भएको जनाइएको छ ।सुरुमा टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको र केही दिन घरमै आराम गर्न भनिएको थियो। 

थोक्मेका एक श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन् । स्थानीय समाजसेवी राजकुमार बिष्टले समाजिक सञ्जालमा लेखेअनुसार थोक्मेलाई पहिलेदेखि नै मुटुरोगको समस्या थियो।मृतक दुवैजना नेपाली नागरिक भएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.