छैटौं कोरोना संक्रमित महिलाका परिवारका सबै सदस्यमा कोरोना नभएको पुष्टि

छैटौं कोरोना संक्रमित महिलाका परिवारका सबै सदस्यमा कोरोना नभएको पुष्टि

बागलुङ : नेपालको छैठौं तथा बागलुङकी दोस्रो कोरोना संक्रमित ६५ वर्षीय महिलाको परिवारका कुनै पनि सदस्यमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

बागलुङ नगरपालिका ३ गौडाकोटस्थित घरमा बस्दै आएका संक्रमित महिलाको परिवारका चार सदस्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिए । 

बिहीबार कोरोना संक्रमणको पुष्टि भएपछि शुक्रबार धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको टोली घरमै पुगेर संक्रमित महिलाका ८८ वर्षीय ससूरा, कान्छी बुहारी र २ नाति गरी चारजनाको स्वाब संकलन गरेका थिए । उक्त स्वाब शनिबार बिहानै परीक्षणका लागि पोखरा पठाइएको थियो । 

यसअघि नेपालका पाँचौ संक्रमित बागलुङ नगरपालिका ४ कुडुलेकी किशोरीको परिवारका ७ जना सदस्यको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.