रोल्पाका ४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

रोल्पाका ४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

रोल्पा : रोल्पाबाट कोरोना परीक्षणका लागि पठाइएकाको रिपोर्ट नेगेटिभ आएको छ। रेउघा अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिँदै आएका दुई र होम क्वारेन्टाइनमा रहेका सुनिल स्मृति गाउँपालिका-१ घोडागाउँका दुईजनाको थ्रोड स्वाबको नमूना परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको रेउघा अस्पतालकी प्रमुख डा. धनमाया घर्तिमगरले जानकारी दिए।

शनिबार भारतबाट फर्किएका तीन जना र इट्टाभट्टाबाट फर्किएका एकजनाको कोरोना परीक्षणका लागि स्वाब पठाइएको थियो। इट्टाभट्टाबाट फर्किएका रोल्पा नगरपालिका-६ कोटगाउँका ५८ वर्षीय पुरुषको चैत्र १३ गतेदेखि आइसोलेसनमा राखेर उपचार भइरहेको थियो। भारतबाट फर्किएका सुनिलस्मृति गाउँपालिका-४ का ७३ वर्षका वृद्धलाई बिहीबार अस्पताल ल्याई आइसोलेसनमा राखिएको थियो। उनीहरुमा कडा ज्वोरो आएको थियो।

भारतबाट चैत्र १० गते फर्किएका घोडागाउँका २८ वर्षीय बाबु र पाँच वर्षीय छोरीको घरमै पुगेर थ्रोड स्वाब लिएर जाँचका लागि पठाइएको थियो। बाबुछोरीकै रिपोर्ट नेगेटिभ आएको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रकी इन्चार्ज डा. प्रकृति भट्टराईले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.