लकडाउनकाबीच २३७० पर्यटक बाहिरिए

लकडाउनकाबीच २३७० पर्यटक बाहिरिए

काठमाडौं : बन्दाबन्दी (लकडाउन) सुरु भएयता कुल १८ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। १८ उडानबाट २३ सय ७० पर्यटक स्वदेश फर्किएका छन्।

लकडाउनमा व्यावसायिक उडान बन्द भएपछि सम्बन्धित देशले उद्दार फ्लाइटमार्फत् नेपालमा अलपत्र आफ्ना नागरिक लगेका हुन्। चैत १० गतेदेखि २५ गतेसम्म सरकारले देशभर लकडाउन गरेपछि नेपाल भित्रिएका तर स्वेदश फर्किन नपाएका तेस्रो मुलुकका पर्यटकका लागि यी उडान भएका हुन्। लकडाउनका समयमा व्यावसायिक उडानमा रोक लगाइएको भए पनि आपत्कालीन अवस्थामा उडान भने गर्न सकिने नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

चैत १० गतेदेखि अहिलेसम्म कतार एयरवेजले मात्रै ९ वटा उडान भरेको छ भने कोरियन एयरलाइन्सले १, मलेसियन एयरले २, चेक रिपब्लिक १, इतिहाद १ र नेपाल वायुसेवा निगमको जहाजले ४ वटा उडान भरेको प्रवक्ता क्षेत्रीले बताए। कतार एयरवेजको चार्टर्ड उडान जर्मनी, फ्रान्स तथा अमेरिकी दूतावासले गरेका हुन्।

सम्बन्धित दूतावासको पहलमा चार्टर्ड उडानमार्फत् पर्यटक स्वदेश फर्किएका हुन्। यो बीचमा वायुसेवा निगमको जहाजको २ वटा उडानले यात्रु बोकेको छ भने २ वटा कार्गो उडान भरेको छ। लकडाउनको समयमा नै निगमको वाइडबडीले काठमाडौं–क्वालालम्पुर–ब्रिसबेनको लामो उडान भरेको छ।

लकडाउनका कारण काठमाडौं र मुलुकका अन्य क्षेत्रमा घुमफिर, पदयात्रालगायतमा रहेका विदेशी पर्यटकलाई चार्टर्ड उडानमार्फत् स्वेदश पठाउन थालिएको हो। काठमाडौंबाहिर रहेका १७२१ पर्यटकको उद्दार गरी काठमाडौं ल्याइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए। अझै १३७८ पर्यटक स्वेदश फर्किन काठमाडौंमा नै प्रतिक्षारत रहेको उनको भनाइ छ। तर, अब बोर्डले काठमाडौं ल्याउनका लागि रेस्क्यू फ्लाइट नगर्ने जनाएको छ। अलपत्र परेका र सम्पर्कमा आएका पर्यटकलाई उद्दार गरी काठमाडौं ल्याइएको भए पनि अझै कति पर्यटक बाँकि छन् भन्न नसकिने उनी बताउँछन्। अब रेस्क्यू फ्लाइट हुन्न, लकडाउन खुलेपछि आफैं सम्पर्कमा आउँछन् भन्ने बोर्डको भनाइ छ।

यस्तै, कूटनीतिक नियोगमा कार्यरत र जलविद्युत्लगायत पूर्वाधार निर्माणमा खटिएका चिनिया कामदार यहाँ रहेका छन्। कतिपय पर्यटकको रूपमा नै नेपाल भित्रिएका पनि नेपाल सुरक्षित छ भन्दै यहिँ नै बसेका छन्। यी सबैको आँकडा के कति भन्ने यकिन तथ्यांक निकाल्ने काममा बोर्डको रहेको रेग्मीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.