कोरोना महामारी : नीलकण्ठ नगरपालिकाकाले बनायो १ करोडको कोष

कोरोना महामारी : नीलकण्ठ नगरपालिकाकाले बनायो १ करोडको कोष

धादिङ : विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण, सचेतना तथा आवश्यक अन्य व्यवस्थापनका लागि धादिङको नीलकण्ठ नगरपालिकाले १ करोड रुपैयाँको कोष स्थापना गरेको छ ।

कोषबाट आवश्यकता अनुसारको औषधि, सामग्री खरिद, क्वारेन्टाइनमा राखिएका तथा आइसोलेसनमा राखिएका व्यक्तिको खाना÷खाजाको प्रबन्ध, कोरोना संक्रमित नगरबासीको निःशुल्क उपचार, नगरका सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइने बताइएको छ ।

कोषमा नगरप्रमुख भीमप्रसाद ढुंगाना, उपप्रमुख मनराज भण्डारीका साथै १४ वटै वडाका अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुबाट आइतबार १ लाख १४ हजार रकम जम्मा गरिएको नगर प्रवक्ता गौतमहरि अधिकारीले जानकारी दिए ।

यस्तै कोरोनाले महामारी लिइ अति नै आवश्यक परेको खण्डमा सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक र फोहोरमैला व्यवस्थापनमा खटिने जनशक्तिलाई पनि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख ढुङगानाले भने, 'यदि संक्रमण धेरै फैलिएको खण्डमा पत्रकारहरु पनि सुरक्षित रहेर समाचार सम्प्रेषण गर्न सकुन भन्ने मनसायले यस्तो निर्णय गरिएको हो, आवश्यकता अनुसार सुरक्षाकर्मी, एम्बुलेन्स चालक र फोहोरमैला व्यवस्थापनमा खटिने जनशक्तिलाइ पनि पिपिइ दिनेछौँ ।'

महामारीका बेला नगर क्षेत्रमा आर्थिक तथा भौतिक सहायता गर्न चाहने व्यक्ति वा संघसंस्थालाई नगरकार्यपालिकासँग अनुमति लिएरमात्र गर्नेगरी एकद्वार प्रणाली लागू गर्ने निर्णय भएको नगरप्रमुख भीमप्रसाद ढुंगानाले बताए ।

लकडाउनका कारण अप्ठेरोमा परेका नगर क्षेत्रका श्रमिक, असहाय तथा रोजीरोटीको समस्या भएका व्यक्तिहरुलाई १४ वटै वडामा संकलित विवरणको आधारमा बिहान बेलुका निःशुल्क भोजनको व्यवस्था गर्ने निर्णय नगरपालिकाले गरेको छ।

त्यस्तै लकडाउनको अवधिको असहज परिस्थितिमा सार्वजनिक बिदाका दिनहरुमा समेत निरन्तर काममा खटिने स्वास्थ्यकर्मीहरु, दैनिक कार्यालयमा आई कामकाज गर्ने कर्मचारी (करारमा कार्यरत समेत) र फोहोर व्यवस्थापनमा कार्यरत जनशक्तिलाई मासिक खाइपाइ आएको तलब र पारिश्रमिकको पचास प्रतिशत रकम प्रोत्साहनस्वरुप उपलव्ध गराउने निर्णय भएको नगरपालिकाका प्रवक्ता अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.