थप तीन ठाउँबाट कोरोना परीक्षण : १०७ जना आइसोलेसनमा , १६ सय ८८ को कोरोना रिपोर्ट 'नेगेटिभ'
काठमाडौं : सोमबारसम्म कोरोना संक्रमण आशंकामा परीक्षण गराउनेको संख्या १६ सय ९७ पुगेको छ। तीमध्ये ९ जनाको कोरोना संक्रमण भएको पुष्टि भएको छ। एकजना भने स्वास्थ लाभ गरिसेकका छन्।
आइतबारदेखि थप तीन ठाउँबाट कोरोना नमूना परीक्षण सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रका सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले धुलीखेल, भरतपुर र भैरहवाबाट कोरोना परीक्षण सुरु भएको बताए।
उपत्यसहित देशभर १० ठाउँबाट कोभिड संक्रमणको परीक्षण भइरहेको प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए। मन्त्रालयका अनुसार काठमाडौंमा १२ र उपत्याका बाहिर ९५ गरी १०७ जना आइसोलेसनमा छन्। यस्तै,कैलाली, कंचनपुर र बागलुङका कवारेन्टाइनमा रहेकाहरुको कोरोना परीक्षण सुरु भएको छ।
वसन्त चौधरी ग्रुप र नर्भिक अस्पतालले मन्त्राललाई एन ९५ मास्क दुई हजार थान, सर्जिक मास्क ४८ हजार थान र पीपीई १ हजार थान उपब्ध गराएको छ।
कोभिड १९ नियन्त्रण गर्न स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय , राष्ट्रिय एम्बुलेन्स सेवा , काठमाडौं महानगरपालिका र सीसीएमसीको सहयोगमा १० वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। १०२ मा कल गरेर यो सेवा लिन सकिनेछ।
साथै प्रवक्ता देवकोटाका अनुसार चैत्र महिनामा विदेशबाट उपत्याका आएकाहरुको नमूना संकलन हुने भएको छ।