सोर्सफोर्सले मुस्ताङका क्‍वारेन्टाइन रित्तै

सोर्सफोर्सले मुस्ताङका क्‍वारेन्टाइन रित्तै

जोमसोम : कोरोना भाइरस कोभिड-१९ को सम्भावित जोखिम रोकथाम गर्न मुस्ताङका स्थानीय तहले खडा गरेका अधिकांश क्‍वारेन्टाइन अहिले रित्तै छन्। जिल्ला बाहिरबाट मुस्ताङ आएकालाई व्यवस्थित गर्न बनाईएको क्‍वारेन्टाइन सडक आउजाउ बन्द गरिएपछि रित्तै भएको हो। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले प्रत्येक स्थानीय तहलाई क्‍वारेन्टाइन निर्माण गर्न निर्देशन दिएको थियो। सोही अनुसार जिल्लाका ५ वटै स्थानीयतले एक साताअघि देखि सामुदायिक विद्यालय ,युवाक्लव र आमा समूह भवन लगायतमा  ४ देखि २० बेड क्षमताको क्‍वारेन्टाइन निर्माण गरेका थिए। यस्तै जिल्लाका विभिन्न  सरोकारवाला गाउहरुले पनि स्वतस्फुर्त रुपमा क्‍वारेन्टाइन निर्माण गरेका थिए।

स्थानीय तह र सरोकारवालाहरुले ५ स्थानीय तहमा १६ स्थानमा क्‍वारेन्टाइन निर्माण गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जाकारी दिए। उनका अनुसार जिल्लाको थासाङको कोवाङ र घासामा  १६ बेड, घरपझोङको जोमसोम, ठिनी र स्याङमा ३६ बेड, वारागुङ मुक्तिक्षेत्रको कागबेनी र मुक्तिनाथमा १० बेड, लोघेकर दामोदरकुण्डको चराङमा ८ बेड र लोमान्थाङ गाउँपालिकामा ४ बेड बनेको हो।

जिल्ला बाहिर तथा विदेशमा बस्ने नागरिकलाई लक्षित गरेर बनाइएको क्‍वारेन्टाइनमा सरकारले गरेको लकडाउनसँगै म्याग्दी र मुस्ताङको सीमाक्षेत्रको प्रबेशद्धार ठप्प भएपछि क्‍वारेन्टाइन रित्तो हुन पुगेको हो। तर जिल्ला बाहिरबाट प्रवेश गर्नेहरु लुकीछिपी र सोर्सफोर्सले आउन गरेकाले मुस्ताङका क्‍वारेन्टाइन व्यवहारिक बन्न नसकेको हो। कतिपय क्‍वारेन्टाइनमा बस्न नमानी फर्किने गरेको पनि पाइएको छ।

स्थानीय तह विभिन्न गाउँ समाजले विभिन्न श्रोत साधन जुटाएर तयार गरिएको क्‍वारेन्टाइन भवन रित्तो भएपछि ताला लगाइएको छ। तर ,जिल्लाका १६ स्थानका क्‍वारेन्टाइन मध्ये थासाङको घासा क्‍वारेन्टाइनमा ७ जना व्यक्ति रहेको जिल्ला स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए। उनका अनुसार घरपझोङ ३ र १ को स्याङ र छैरोमा ५ जना व्यक्ति होम क्‍वारेन्टाइनमा रहेको बताए।

१० बेडको आइसोलेसन कक्ष पनि खाली
जिल्ला प्रशासन कार्यालय मुस्ताङको पहलमा निर्माण गरिएको आइसोलेसन कक्ष पनि उपयोग विहिन छ। सम्भावित कोरोना भएका व्यक्ति फेला नपरेपछि आइसोलेसन प्रयोगमा नआएको अर्यालले जानकारी दिए। संक्रमित व्यक्तिलाई प्रारम्भिक उपचार गराउन सहज पुर्‍याउने उद्देश्यले थासाङ-३ लेतेको लेते स्वास्थ्य प्राथमिक चौकीमा ४ बेड, थासाङ-२ को कोवाङमा २ बेड र जिल्ला अस्पताल जोमसोममा ४ बेडको आईसोलेसन कक्ष स्थापना भएको थियो। मुस्ताङमा कोरोना संक्रमणको जोखिमबाट जोगिन तथा सम्भावित कोरोना संक्रमित व्यक्तिको उपचारमा सहयोग पुर्‍याउन जिग्मे फाउन्डेसले करिव ७० थान पीपीईसहित ३ लाख बराबरको मेडिकल सामाग्री उपलब्ध गराएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.