कोरोना संक्रमण रोक्न बस्तीमा चौकीदारको गस्ती

कोरोना संक्रमण रोक्न बस्तीमा चौकीदारको गस्ती

सुर्खेतः कोरोनाको संक्रमण भित्रिन नदिन वीरेन्द्रनगरमा स्थानीयले बस्तीमा चौकीदार खटाएका छन् । बाहिरबाट आउने नयाँ मान्छेसँगै संक्रमण पनि भित्रिन सक्ने भन्दै वीरेन्द्रनगर नगरपालिका-२ का बासिन्दाले बस्तीमा प्रवेश निषेध गरेका छन् । यसका लागि उनीहरुले चौकीदार नै राखेर बस्तीमा निगरानी गर्न थालेका हुन् ।

स्थानीय लवस्था गाउँका बासिन्दालेबस्तीमा नयाँ व्यक्तिको प्रवेश रोक्न पालैपालो आफैले निगरानी र गस्ती गर्दै आएका छन् । कोरोनाको संक्रमण भित्रिन नदिन चौकीदार नै राखेर उनीहरुले सर्तकता अपनाएका हुन् । चौधरी र मगर समुदायको बाहुल्यता रहेकाल यो बस्तीमा स्थानीयले आलोपालोगरेर गाउँको निगरानी गरिरहेका छन् । गाउँलेहरु नै मिलेर बिहान पाँच बजेदेखि राती ९ बजेसम्म पालो नै लगाएर बस्तीमा प्रवेश गर्ने नाकामा निगरानी गरिरहेको स्थानीय शनिराम चौधरीले बताए । 

उनका अनुसार गाउँबाट घाँस दाउरा काट्न र गोठाला जानेलाईसमेत बाह्य व्यक्तिसँग सम्पर्क नगर्न आग्रह गरिएको छ।निकास टोल विकास संस्था अन्तरगत रहेको लवस्थामा ४२ घरधुरी छन् । अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन रोक लगाइएको छ ।गाउँका सबै नागरिकलाई कोरोना भाइरसबाट बच्ने उपायबारे घरदैलो अभियान संचालन गरेर सचेतना फैलाउने काममा स्थानीय सक्रिय छन् । बाहिरबाट आउने मानिसबाटै संक्रमण भित्रिने जोखिम भएकाले यस्तो उपाय अपनाइएको स्थानीयको भनाइ छ ।

वीरेन्द्रनगरका अधिकांश टोलमा स्थानीयले टोल नै लकडाउन गर्न थालेका हुन् । वीरेन्द्रनगर नगरपालिका क्षेत्रका दर्जनभन्दा बढी टोल विकास संस्थाको अगुवाइमा टोलमा प्रवेश गर्न प्रतिवन्ध गरिएको छ । सडक र बाटोमा बार लगाएर प्रवेशमा रोक लगाइको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ मा रहेको लालिगुराँस टोल विकास संस्थाले बस्तीमा छिर्ने चारवटै नाका बन्द गरेको छ । 'सुरुका दिनमा आवतजावत पूरै बन्द भयो,' स्थानीय सजना सुनारले भनिन्, 'विस्तारै लकडाउन थपिदै गएपछि बाह्य र अन्य टोलका व्यक्तिहरु पनि सहज रुपमा आवतजावत गर्न थालेपछि टोलमा छिर्ने नाकाबन्द गरेका हौं ।'
 
अर्को वडा जान सिफारिस चाहिने
कोरोना संक्रमित देशबाट स्थानीय गाउँ फर्किएपछि कर्णालीका केही स्थानीय तहले एक वडाबाट अर्का वडामा जान पूर्णरुपमा बन्द गरेका छन् । गाउँपालिका नै सिल गरेको दैलेखको महावु गाउँपालिकाले वडाको सिफारिस लिएपछि मात्रै एक वडाबाट अर्का वडामा जान पाउने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए । 'संक्रमण फैलिन नदिन गाउँपालिकाका नाकाहरु बन्द छन्, वडाको सिफारिस विना एउटा वडाबाट अर्का वडामा जान प्रतिबन्ध गरेका छौं,' अध्यक्ष शाहीले भने । 

त्यस्तै हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको खगालगाउँमा कुनै पनि नयाँ व्यक्ति गाउँमा प्रवेश गर्न निषेध गरिएको छ । कोही व्यक्ति अटेरगरी गाउँ प्रवेश गरेमा २५ हजार रुपैयाँ जरिवानासहित क्वारेन्टाइनमा बस्नुपर्ने वडा कार्यालयले निर्णय गरेको हो । त्यस्तै सुर्खेतको चौकुने गाउँपालिकाले पनि छिमेकी पञ्चपुरीसँगका सबै नाका बन्द गरेको छ । चौनुनेमा अर्का स्थानीय तहबाट नागरिक भित्रन नदिन चौकुनेले पञ्चपुरीतर्फका सबै नाका बन्द गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.