प्रयोगशालाले थेग्न नसक्दा नमुना काठमाडौं पठाइयो

प्रयोगशालाले थेग्न नसक्दा नमुना काठमाडौं पठाइयो

सुर्खेत : कोरोना परीक्षणका लागि सुर्खेतमा स्थापना भएको प्रयोगशालाले थेग्न नसकेपछि कर्णालीका नमुना पुनः काठमाडौं पठाइएको छ।

केहीदिन पहिला कर्णालीका नमुना परीक्षण गर्न सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालमा प्रयोगशाला स्थापना गरिएको थियो।तर यो प्रयोगशालाले चाप थेग्न नसकेपछि नमुनाहरु काठमाडौं नै पठाउन थालिएको हो।

संघीय सरकारले कोरोना परीक्षण गर्ने मेसिन र विज्ञ खटाएपछि यही चैत २० गतेबाट प्रदेश राजधानी सुर्खेतमै परीक्षण थालिएको थियो।

यो प्रयोगशालाले मुश्किलले दिनमा १५ वटा नमुना मात्र परीक्षण गर्दै आएको छ। तर कर्णालीमा करिब आठ हजार जनाको नमुना परीक्षण गर्नुपर्ने अवस्था रहेको र सुर्खेतमा परीक्षण गर्दा एक वर्षभन्दा बढी समय लाग्ने देखिएपछि काठमाडौं नै परीक्षणका लागि पठाउन थालिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कर्णालीमा तेस्रो मुलुक र भारतबाट आएकाहरुको मात्रनमुना परीक्षण गर्दा करिव १७ महिना लाग्ने भएपछि नमुना काठमाडौं पठाउन थालिएको प्रदेश स्वास्थ्य निर्देशक रिता भण्डारीले बताइन्। 

हाल सुर्खेतमा स्थापना भएको कोरोना परीक्षण गर्ने प्रयोगशालाले चाप थेग्न नसकेपछि बाँकी नमुना काठमाडौं नै पठाउन सुरु गरिएको उनको भनाइ छ।तत्काल कर्णालीमा थप प्रयोगशाला स्थापना गर्न नसकिने भएपछि नेपाली सेना र केन्द्र सरकारको सहयोगमा नमुनासंकलन गरेर काठमाडौ पठाउन थालिएको हो।

समयमै कोरोनाको परीक्षण गर्न कर्णाली प्रदेश सरकार विभिन्न जिल्लाबाट नमुनासंकलन गरी काठमाडौं पठाउन थालेको छ ।

सुर्खेतमा रहेको प्रयोगशालाको क्षमना न्यून भएपछि कोरोना परीक्षणका लागि मंगलबार पाँचसय एक जनाको नमुना काठमाडौं पठाइएको छ।जसमा जुम्लाबाट सबैभन्दा बढी अर्थात तीनसय २४, सुर्खेतका एकसय ६२, दैलेखका दश र कालिकोटबाट पाँचवटा नमुना संकलन गरेर काठमाडौं पठाइएको निर्देशक भण्डारीले जानकारी दिइन्।

‘सुर्खेतका भएको प्रयोगशालाको क्षमता न्यून छ, कर्णालीमा दिनमा १५ जनाको मात्रै परीक्षण सम्भव छ’ भण्डारीले भनिन्, ‘विदेशबाट आएका र कोरोनासँग मिल्दालक्षण देखिएका सबैको नमुना संकलन गरेर काठमाडौं पठायौं ।’

यसैबीच सुर्खेतमाहालसम्म ६२ जनाकोनमुना परीक्षण गरिएको छ।सुर्खेतमा प्रयोगशाला स्थापना भएपछि ६२ जनाको नमुना परीक्षण गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जम्मा ६३ जनाको नमुना परीक्षण गरिएको बताए।परीक्षण गरिएका सबैमा कोरोना नदेखिएको प्रदेश सरकारले जनाएको छ।

यसअघि कर्णालीका ३१ जनाको नमुना काठमाडौंमा परीक्षण गरी सकिएको छ।जसमा सुर्खेतका ११, दैलेखका दुई, सल्यानका तीन, रुकुपश्चिमका चार, कालिकाटेका एक, जुम्लाका तीन, हुम्लाका दुई र डोल्पाका पाँच जनाको नमुना परीक्षण गरिएको थियो।काठमाडौं र सुर्खेतगरी हालसम्म कर्णालीका ९३ जनाको नमुना परीक्षण सकिएको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.