अमेरिकामा संक्रमित करिब ४ लाख, एकै दिन १९०० ले ज्यान गुमाए

अमेरिकामा संक्रमित करिब ४ लाख, एकै दिन १९०० ले ज्यान गुमाए

अमेरिका : कोरोना भाइरस(कोभिड-१९) को नयाँ इपीसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या चार लाख नजिक पुगेको छ। विश्व स्वास्थ्य संगठन, जोन हप्किन्स यूनिभसिर्टी लगायतको तथ्याङक अनुसार यो समाचार तयार पार्दासम्म अमेरिकामा हालसम्म ३ लाख ९८ हजार २ सय ६९ जना संक्रमित छन्।

अमेरिकामा कोभिड-१९ भाइरसका कारण ज्यान गुमाउनेको संख्या करिब १३ हजार पुगेको छ। यस्तै अमेरिकाको सबै भन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा हालसम्म १ लाख ३९ हजार भन्दा बढी संक्रमित छन्, भने यस राज्यमा मात्रै ५ हजार ४ सय ८९ जनाले ज्यान गुमाउनु परेको छ। 

अमेरिकामा मंगलबार मात्रै ३१ हजार भन्दा बढी नयाँ संक्रमित थपिए।  भने १९४२ जनाले ज्यान गुमाए। न्यूयोर्कपछी बढी प्रभावित राज्य न्यूजर्सी राज्यमा हालसम्म ४४ हजार ४ सय १६ जना संक्रमित भएको र १२ सय ३२ जनाको ज्यान गएको छ।

यस्तै मिचिगनमा १८ हजार, क्यालिर्फोनियामा १७ हजार, लुजिआनामा १६ हजार, फ्लोरिडामा १४ हजार, पेन्सलभेनियामा १४ हजार इलियोनोसमा १३ हजार टेक्सामा ९ हजार बढी संक्रमित छन्। अमेरिकाका सबै राज्यमा संक्रमित र मृतकको संख्या बढ्दो छ। 

अमेरिकी सरकारले भाइरसको चेकजाँच तीब्र रुपमा भएकाले संक्रमितको संख्या धेरै देखिएको दाबी गरेको छ। सरकारका अनुसार अमेरिकामा २० लाख भन्दा बढीको परीक्षण गरिएको छ। यहाँ हालसम्म २१ हजार उपचारपछि निको भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.