धुलिखेल अस्पतालमा कोरोना परीक्षण : १७ जनाको रिपोर्ट नेगेटिभ
काभ्रे : धुलिखेल अस्पतालमा पहिलो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट आएको छ। आइतबार परीक्षण सुरु गरिएको १७ जनाको रिपोर्ट मंगलबार आएको हो । परीक्षणमा १७ जनाकै रिर्पोट नेगेटिभ आएको धुलिखेल अस्पतालका डाक्टर सुमन ताम्राकारले जानकारी दिए ।
बिदेशबाट फर्केका उनीहरुमा कोरोना संक्रमणको आशंकामा परीक्षण गरिएको थियो । बुधबारका लागि केहि स्वाब संकलन गरिरहेको डा ताम्राकारले बताए।
धुलिखेल अस्पतालमा आइतबारबाट कोरोना परीक्षण सुरु गरिएको हो।