'लकडाउन' मा के गर्दैछन् घरेलुका कर्मचारी? (फोटोफिचर)

'लकडाउन' मा के गर्दैछन् घरेलुका कर्मचारी? (फोटोफिचर)

भक्तपुर : कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले लगाइएको 'लकडाउन' का कारण अहिले अधिकांश फुर्सदमा छन् । ठूला तथा साना उद्योग बन्द छन् । घरमै बसेर गर्न सकिने घरेलु उद्योग पनि प्रायः बन्द छन् । ठूला उद्योग बन्द भए पनि भक्तपुरका केही घरेलु तथा साना उद्योगी भने व्यस्त छन् ।

लकडाउनमा अरु घरमै बस्दा उनीहरु घरमा बस्न पाएका छैनन् । त्यसैले भक्तपुर घरेलु तथा साना उद्योग संघका पदाधिकारी तथा कर्मचारीलाई अहिले लकडाउन लागेको छैन । उनीहरु दैनिक ज्यालादारी गरी खानुपर्ने गरिब तथा विपन्न मजदुर परिवारलाई राहतस्वरुप दिने खाद्यान्नको तयारीमा व्यस्त भएका हुन् ।

संघका अध्यक्ष वीरेन्द्र जतीका अनुसार संघलाई भक्तपुर नगरपालिकाले उक्त राहतको व्यवस्थापन गर्न जिम्मेवारी दिएको छ । सोहीअनुसार पहिलो चरणमा तीन हजार थान राहतको व्यवस्थापन गर्न आफूहरु व्यस्त रहेको अध्यक्ष जतीले सुनाए ।

'भक्तपुर नपाले तीन हजार जनालाई पुग्ने राहत तयार गर्न भनेकाले अहिले दिनरात नभनी हामी त्यसैमा लागिपरेका छौं,' उनले भने, 'नपाले बिहीबारदेखि उक्त राहत वडावडामा वितरण गर्ने भनेको छ ।'

भक्तपुर नपाले दिने राहत प्याकेजमा चामल २० किलोग्राम, दाल एक किलोग्राम, टाइचिन चिउरा तीन किलोग्राम, नुन एक किलोग्राम र तेल एकलिटर राख्न भनेको छ । उक्त खाद्यान्न दुईजनाभन्दा बढी सदस्य भएको परिवारको लागि हो । 

दुईजनाको मात्रै परिवार भए अरु खाद्यान्न उत्ति नै तर तेल आधा लिटरको व्यवस्था गर्न भनिएको अध्यक्ष जती बताउँछन् । उनका अनुसार भक्तपुर घरेलु तथा साना उद्योग संघका पदाधिकारी तथा कर्मचारीहरु संघका कोषाध्यक्ष श्यामसुन्दर श्रेष्ठको मध्यपुर थिमिस्थित चिउरा मिलमा बसेर भक्तपुर नपाको राहत प्याकेज तयार गरिरहेका छन् ।

राहतको प्याकेज बनाउन दालको पोको पार्दै भक्तपुर घरेलु तथा साना उद्योग संघका पदाधिकारी तथा कर्मचारी । तस्बिर : अन्नपूर्ण

अध्यक्ष जतीले भक्तपुरका घरेलु तथा साना उद्योग संघमा आवद्ध एवं भक्तपुरकै स्थानीय उत्पादन राहत प्याकेजमा समावेश गरिएको जानकारी दिए । 'भक्तपुरकै घरेलु तथा साना उद्योगका स्थानीय उत्पादन समेटेर राहत प्याकेज बनाएका छौं,' उनले भने, 'लकडाउनमा दिइने राहतमा आयातित वस्तुभन्दा स्थानीय एवं स्वदेशी उत्पादनलाई बढावा दिनुपर्छ भनेर संघ लागिपरेको हो ।'

नपा आफैले राहतको प्याकेज तयार गर्दा विभिन्न प्रश्न आउने भएकाले संस्थागत रुपमा भक्तपुर घरेलु तथा साना उद्योग संघको त्यसको जिम्मा दिएको नपाले जनाएको छ । यसरी संस्थागत सहकार्य गर्दा राहत सामग्रीको गुणस्तर पनि कायम हुने नपको दावी छ । संघले भक्तपुरका नगरपालिकासँग समन्वय गरेर टोलटोलमा गएर पनि खाद्यान्न बिक्री वितरण गर्दै आएको छ ।

राहतको प्याकेजमा राख्न चिउरा पोको पार्दै भक्तपुर घरेलु तथा साना उद्योग संघका पदाधिकारी तथा कर्मचारी । तस्बिर : अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.