लकडाउन कार्यान्वयन गराउन खोज्दा कुटपिट

लकडाउन कार्यान्वयन गराउन खोज्दा कुटपिट

कालिकोट : जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ६ मेहेलमुडीमा लकडाउन कार्यान्वय गराउन खोज्दा कुटपिट भएको छ। कर्णाली प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको पंचदेवल माध्यामिक विद्यालयको भवन निर्माणको कामलाई रोकेर लकडाउनको कार्यान्वयन गराउन खोज्दा स्थानीय नागरिकमाथि कुटपिट भएको हो। 

पंचदेवल माविका भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका खगेन्द्रबहादुर शाखी प्रख्यात, उनकी श्रीमती पंचदेवल माविका प्रधानाध्यापक जया देवकोटा शाही, नेत्र शाही, मनराज, शाही, धर्म शाही, अशोक शाही, कृष्ण शाही, हरि शाही लगायतका युवाले स्थानीय पार्वती संज्याल, मात्रिका उपाध्याय, धनप्रसाद भट्टराई, सरिता संज्याललगायतका व्यक्तिमाथि कुटपिट तथा दुव्यर्वहार गरेका हुन्। 

मुलुकमा रहेका तीनवटै सरकारले लकडाउनलाई कडाई गरेपनि सान्नीत्रिवेणी गाउँपालिकासँग जोडिएको पन्चदेव माध्यमिक विद्यालयको भवन र जनचेतना बहुमुखी क्याम्पसको भवन निर्माणमा झण्डै ६० मजदुरले निरन्तर काम गरिरहेका छन्।

दुवै भवन निर्माण उपभोक्ता समितिको अध्यक्ष खगेन्द्र शाही प्रख्यात हुन्। मंगलबार स्थानीय अगुवा नेकपाकी जिल्ला सदस्य पार्वती संज्याल, मातृका उपाध्याय लगायतका युवाले निर्माण स्थलमा गएर काम रोक्न अनुरोध गरे। 

बुधबार त्यही अनुरोध गरेको विषयलाई लिएर निर्माण समितिका अध्यक्ष खगेन्द्र शाहीले गाउँका युवा ल्याएर काम बन्द गर्न अनुरोध गर्नेको घरघरमा पुगेर कुटपिट तथा दुव्र्यवहार गरेको पीडित धनप्रसाद भट्टराईले बताए। 

उनले भने, ‘मेरो घरमा आएर विवाद गरिरहेका थिए। मैले मेरो घरमा किन विवाद गर्छौ भने, उनीहरुले भवन निर्माणको काम बन्द गर भन्ने, लकडाउनमा काम भइरहेको भनेर पत्रकारलाई जानकारी दिने भनेर कुटे।’

उनले गाउँपालिकामा रहेको प्रहरी चौकीमा आफूलाई कुटपिट भएको भन्दै उजुरी पनि दिएका छन्। कुटपीटबाट उनको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। 

गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीकै आडमा खगेन्द्र्र शाहीले लकडाउनको उलंघन गरेको र आफूले त्यसो नगर भन्दा उल्टै कुटपिट गरेको स्थानीय मातृका उपाध्यायले बताए। 

‘गाउँबाट आधा घण्टाको दूरीमा रहेको उजेलगाउँबाट युवा ल्याएर कुटपिट गरे’, उनले भने। उनले गाउँमा कोरोनाको त्रास बढिरहेका बेला लकडाउनको पालना गरौँ  भन्दा दुव्यवहार खेप्नु परेको बताए। 

यस्तै नेकपाकी जिल्ला सदस्य पार्वती सिंहले लकडाउनको कार्यन्वयन गराउन खोज्दा दादागिरी शैलीमा आफुमाथि हातपात गरेको बताइन्। 

भवन निर्माण समितिका अध्यक्ष खगेन्द्र शाहीले आफूहरुले निर्माणको काम बन्द गरेको जानकारी दिए। उनले आफूलाई गाली गरेपछि भाइहरुले सामान्य विवाद मात्र गरेको बताए। 
उनले आफुहरुले कसैलाई कुटपीट नगरेको उनको दाबी छ। 

गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले व्यक्तिगत झगडालाई गाउँपालिकासँग जोडेको बताए। उनले व्यक्तिगत विवादलाई व्यक्तिगत रुपमै समाधान गर्नुपर्ने बताए। उनले लकडाउनको पालना गर्न निर्माणको काम बन्द गर्न लगाइसकेको प्रष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.