विदेशबाट आएका दुई जनालाई उच्च ज्वर आएपछि आइसोलेसनमा

विदेशबाट आएका दुई जनालाई उच्च ज्वर आएपछि आइसोलेसनमा

भक्तपुर : विदेशबाट आएर घरकै क्वारेन्टाइनमा बसेका भक्तपुरका दुईजना पुरुषलाई भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । उच्च ज्वर आएपछि भक्तपुर चाँगुनारायण नगरपालिका ६ नगरकोटका ती दुई जना बुधबार भक्तपुर अस्पताल पुगेका थिए । एकजना १९ दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईमा नेपाल आएका थिए । अर्को भने १८ दिनअघि भारतबाट स्वदेश फर्किएका थिए ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले दुवैमा उच्च ज्वर आएकाले स्वाब संकलनपछि अस्पतालको आइसोलेसनमा राखिएको बताइन् । उनका अनुसार अस्पतालले बुधबारसम्ममा ९३ जना विदेशबाट भक्तपुर फर्किएकाहरुको स्वाब संकलन गरिसकेको छ । जसमध्ये ६० जनाको रिपोर्ट प्राप्त भएको र उनीहरूमा कोरोना भाइरस परीक्षण नेगेटिभ आएको मेसु डा. गौतमले जानकारी दिइन् ।

‘बुधबारमात्रै १६ जनाको स्वाब संकलन गरियो’, उनले भनिन्, ‘अस्पतालको आइसोलेसनमा उपचार पाएर १३ जना घर फर्किसकेका छन् ।’

उनका अनुसार अस्पतालमा २१ शैय्याको आइसोलेसन वार्डको व्यवस्था गरिएको छ । कोरोना भाइरससम्बन्धी उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पतालमै खाने बस्ने व्यवस्था गरिएको छ ।

काठमाडौं महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालपछि भक्तपुर अस्पतालमा दोस्रो पीपी बुथ निर्माण भएको छ । त्यसैले कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पतालमा आएकाको स्वाब संकलन गर्न अस्पताललाई सहज भएको मेसु डा. गौतम बताउँछिन् ।

‘पीपी बुथको व्यवस्थासँगै कोरोना भाइरस संक्रमणको आशंका भएकाहरुको स्वायब संकलन गर्नको अस्पताललाई सहज भएको छ’, उनले भनिन्, ‘स्वाब दिन जति जना आए पनि हामी संकलन गर्छौं । अहिलेसम्म कसैलाई फर्काएका छैनौं ।’

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले विदेशबाट आएर भक्तपुर बसेका सबैको स्वाब परीक्षण गर्ने भनेपछि अस्पताल पुग्नेहरुको संख्या बढेको छ । मंगलबार १४ जना पुगेकोमा बुधबार १६ जना स्वाब परीक्षणको लागि अस्पताल पुगेका थिए ।

भक्तपुरमा चैत १ गतेपछि विदेशबाट आउने एकसय ३१ जनाको पहिचान भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भक्तपुरका विभिन्न अस्पतालमा १७ वटा भेन्टिलेटर र ८७ वटा आइसोलेसन शैय्या तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमितको ओसारपसार गर्न जिल्लाका चार वटा एम्बुलेन्सलाई विशेष रूपमा मोडिफाइ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । अरु २२ वटा एम्बुलेन्सलाई पनि आवश्यकताअनुसार मोडिफाइ गर्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो ।

जिल्लामा कोरोना भाइरस संक्रमणको आशंका भएका व्यक्तिलाई घरसम्म लिन जानको लागि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा पासिएन्ट रिसिभिङ टीम (पीआरटी) गठन गरिएको छ । भक्तपुरका चार नपाका ३८ वटा वडामा समेत उक्त टीम सक्रिय रहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.