सरकारले कोरोना परीक्षणको क्षमता दोब्बर बनाउँदै

सरकारले कोरोना परीक्षणको क्षमता दोब्बर बनाउँदै

काठमाडौं : प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशालामा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन थप गरी क्षमता विस्तार हुन लागेको हो ।

हाल सरकारी स्वामित्वका स्वास्थ्य संस्थामा २५ र निजी संस्थासँग रहेका १५ पिसिआर (रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन ) मेशिनलाई ठाउँठाउँमा सेट गरी परीक्षणको दायरा बढाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा खेम कार्कीले जानकारी दिए । आजसम्म काठमाडौँमा एक हजार नौ सय ६५ र काठमाडौँ बाहिर ४०१ गरी कूल दुई हजार तीन सय ६६ को परीक्षण भएकामा नौजनामा सङ्क्रमण भएको पुष्टि भएको छ । 

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज १८० नमूना परीक्षण भइरहेका छन् भने करीब आठ हजार व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । उनले हाल धनगढी, पोखरा र नेपालगञ्जमा ठूला पिसिआर मेशिन जडान भइरहेका जानकारी दिए । सरकारको निर्णयअनुसार काठमाडौँबाहिरका १० ठाउँमा परीक्षण सञ्चालन भइरहेको र ती स्थानबाहेक थप नयाँ ठाउँमा मेशिन सेटअप गर्न स्वास्थ्य मन्त्रालयको प्याथोलोजी सल्लाहकार समितिले अध्ययन गरिरहेको छ । 

यही चैत १० गतेको स्वास्थ्य मन्त्रिस्तरको निर्णयबाट डा गुणराज लोहनीको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो । सो समितिले ल्याबहरूको स्थापना, प्रोटोकल निर्माण, जनशक्ति व्यवस्थापन र सामानको गुणस्तरबारे नियमित अध्ययन र परामर्श गर्दै आएको छ । सो समितिका सदस्य एवं नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले नेपालभित्रै रहेका र प्रयोगमा नआएका पिसिआर मेशिनलाई प्रयोग गराउँदै परीक्षणको दायरा बढाउन सकिने बताए । यी ल्याबहरू अब दीर्घकालका लागि स्थापित हुनेछन् । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशनानुसार यी सेटअप भएका ल्याब भविष्यमा यस्ता कुनै पनि भाइरलको परीक्षणका लागि काठमाडौँमा नमूना पठाइरहन पर्ने पद्धतिको अन्त्य गराउन त्यहीँ परीक्षण गराउन नियमित सञ्चालनका लागि बजेटको प्रबन्धमा मन्त्रालय जुटेको छ । बर्ड फ्लुको प्रकोप फैलिएका बेला सञ्चालन गरिएका कृषि तथा भेटेरिनरीमा रहेका प्रयोगविहीन मेशिनलाई प्रयोग गर्नेबारे सुरुमा अन्योल भए पनि पछि आफूहरू प्रयोगमा ल्याउन सफल भएको खनालले बताए । 

उक्त मेशिनको रु ५० लाखसम्म मूल्य पर्ने र प्रयोगशाला सेटअपका लागि चार देखि पाँच करोडसम्म लाग्छ । प्रयोगशालामा एकजनाको नमूना एकपटकको परीक्षणका लागि १३ हजार ५०० पर्छ । कोरोना भाइरसको नमूना परीक्षणको सम्पूर्ण खर्च सरकारले व्यहोर्दै आएको छ । निजी क्षेत्रका अस्पताललाई परीक्षण गर्न दिइएमा शुल्क उठाउन सक्ने र बिरामीले तिर्न नसक्ने भएकाले सरकारले आफैँ जिम्मा लिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.