जोमसोम : विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लक डाउनका कारण २ साताअघि देखि मुस्ताङ बसेका ४ विदेशी पर्यटकलाई सम्बन्धित दुतावासको पहलमा बुधबार काठमाडौं पठाइएको छ। परराष्ट्र मन्त्रालयको निर्देशनका आधारमा जिल्ला प्रशासन कार्यालय मुस्ताले बुधबार जर्मनका २, पोल्याण्डका १ र कोरिया बस्ने एक नेपाली गरी ४ जनालाई काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जानकारी दिए।
यस्तै कोरियन दुतावासले एक नेपाली नागरिकलाई समेत काठमाडौं ल्याउने अनुमति पास अनुरोध गरेकाले उनलाई पनि काठमाडौंका सवारी पास उपलब्ध गराइएको अर्यालले जानकारी दिए।
मुस्ताङमा २१ पर्यटक
जिल्ला प्रशासन कार्यालयले मुस्ताङमा २१ जना विदेश पर्यटक मुस्ताङ बसेको जनाएको छ। यसअघि २४ जना पर्यटक मुस्ताङ बस्दै आइरहेकोमा ३ जना पर्यटकले सम्बन्धित देश फर्कन चाहेकाले दुतावासको समन्वयमा उद्दार गरिएको जनाएको छ। कोरोनाका कारण मुस्ताङलाई सुरक्षित बासस्थानका रुपमा अपनाएकाले पर्यटकले मुस्ताङ छाड्न नचाहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार अहिले मुस्ताङको झारकोट, जोमसोम, मार्फा ,टुकुचे ,लेते र घासालगायतका स्थानमा अर्जेन्टिनाका २, अष्ट्रेलियाका २, चिली १, फ्रान्स १, जर्मन १, आयरल्याण्ड २, ईटाली १, जापान १, रसिया २, स्वीडेन १, युके २, युक्रेन १ र अमेरिका ३ गरी २१ जना पर्यटक छन्।
working together is no longer optional-it is a matter of
compulsion
Annapurna Media Network has announced the Unity for
Sustainability campaign which comes into force from January 1,
2022. The main aim of this campaign is to 'lead the climate
change dialogue' working closely with all the stakeholders on
sustainable development mode, particulary focusing on
climate-change issues.