‘घरमै बसौं, आफ्नो सुरक्षा आफैं गरौँ, कोरोनाबाट बचौँ’

‘घरमै बसौं, आफ्नो सुरक्षा आफैं गरौँ, कोरोनाबाट बचौँ’

विश्व समुदाय यत्तिबेला कोरोना भाइरस (कोभिड-१९) महामारीसँगको लडाईंमा छ। नेपालमा चैत ११ गतेदेखि सुरु भएको लकडाउन वैशाख ३ गतेसम्म लम्बिएको छ। कोरोना संक्रमणबाट जोगिने पहिलो उपाय नै विश्वले लकडाउनलाई बनाएका छन्। नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। आठजना विदेशबाट आएका संक्रमित हुन् भने एकजनालाई स्थानीय रुपमै सरेको हो। यसरी हेर्दा नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ। यस्तो अवस्थामा कसरी जोगिने ? संक्रमणबाट बच्न के के गर्न सकिन्छ ? आईसीयू विज्ञ तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वडिनसमेत रहेका प्रा.डा. मोदनाथ मरहट्टासँग अन्नपूर्णकर्मी शिव उप्रेतीले गरेको कुराकानी :

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण स्थानीयबाट स्थानीयमा सरेर दोस्रो चरणमा पुगेको छ। पहिलो चरण र दोस्रो चरणमा के भिन्नता हुन्छ ? 

कोभिड संक्रमण प्रक्रियाका चार चरण हुन्छन्। पहिलो चरणमा विदेश वा अन्यत्रबाट आएका व्यक्तिमा कोरोना भाइरस सिमित रहन्छ। नेपालमा आठौं केश पोजिटिभ हुँदासम्म ती सबै विदेशबाट आएका संक्रमित थिए। नवौं केश जुन स्थानीय व्यक्तिमा संक्रमण देखियो यसबाट नेपाल दोस्रोचरण प्रवेश गरेको पुष्टि भयो। 

बाहिरबाट आएका व्यक्तिबाट स्थानीय व्यक्तिमा रोग सर्नु र संक्रमण हुनु दोस्रो चरण हो। कति व्यक्तिमा रोग सरिसकेको छ थाहा हुदैन, किनभने भाइसर सरिसकेपछि पनि रोगको लक्षण देखाउन दुई तीन दिनदेखि १४ दिन वा त्योभन्दा बढी समय लाग्न सक्छ। 

यसरी तेस्रो चरणमा आगन्तुकबाट नभै स्थानीय रुपमै एकबाट अर्को व्यक्तिमा रोग फैलिन्छ। त्यतिखेर कसबाट कसमा सर्‍यो भन्ने थाहा हुदैन। धेरै मानिसमा रोग देखिन थाल्छ। 

चौथो चरणमा रोग भयावह स्थितिमा पुग्दछ। धेरै भन्दा धेरै व्यक्तिहरु संक्रमित र ग्रसित हुन्छन्। महामारीले कुन रुप लिन्छ थाहा हुँदैन। संक्रमण भएर रोगका लक्षण देखिनुका बीचमा व्यक्ति स्वस्थकरै रहन्छन् तर त्यस अवधिमा ती व्यक्तिबाट अरुलाई भाइरस सर्न भने सक्दछ। ती व्यक्तिबाट भित्रभित्रै रोग फैलने, बाहिर नदेखिने, थाहा नहुनेस्थिति अत्यन्त खतरापूर्ण हुन्छ।

दोस्रो चरणमा सर्वसाधारणले अपनाउनु पर्ने सतर्कता के–के हुनसक्छन् ?

दोस्रो चरणले  महामाारीको जोखिम तिब्र बढेको संकेत गर्दछ। पहिलो चरणमा बाह्य आगन्तुकसँग को सम्पर्कमा वा हेलमेलमा नगई सर्तक रहनु रोग सर्नबाट जोगिने महत्वपूर्ण उपाय हुन्थ्यो।  दोस्रो चरणमा त कसकसलाई रोग सरिसकेको छ भन्न नसक्ने स्थिति हुन्छ। हरेकलाई शंका गर्नुपर्ने हुन्छ।

यस्तो अवस्थामा रोगबाट बच्ने सबै उपायसहित थप सर्तकता अवलम्बन गर्नुपर्छ। कम्तिमा १ मिटरको दूरी कायम गर्नु, केही छोएपछि सावुन पानीले राम्रोसँगग मिचिमिची हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु पर्दछ। 

बाहिर जमघटमा जानु हुँदैन। इमर्जेन्सी काम भएर बाहिर जानु परेमा मास्क लगाएर  जाने गर्नुपर्छ। यो रोगका लागि सामाजिक दूरी कायम गर्नु सबै भन्दा महत्वपूर्ण सतर्कता हो। 

 विभिन्न देशबाट आएका अधिकांशले होम क्वारेन्टाइन तथा मास क्वारेन्टाइनमा दुईसाता बिताइसकेका छन्। जो पहिलेदेखि गाउँघरमै थिए, उनीहरुको अवस्था उस्तै हुन्छ कि अझै थप केही सतर्कता अपनाउनु पर्छ ?

बाहिरबाट आएर होम क्वारेन्टाइन वा मास क्वारेन्टाइनमा रही लक्षण नदेखिएमा वा टेष्टसमेत भएर रोग प्रमाणित नभएमा डराउनु पर्दैन।  यो नयाँ रोग हो। यसको पूर्ण अध्ययन नभै सकेको र रोगीसँग सम्पर्क भएको वा यात्रा गरेको दुई हप्तापछि पनि रोग देखिएका उदाहरण छन्। 

चीनमा महामारीले सबै चरण पूरा गरिसकेको भनिए पनि संक्रमणको दोस्रो चक्र देखिनुले जोखिम बाँकी रहेको संकेत गर्दछ। अब क्यारेन्टाइन तीन हप्ताको गर्नु पर्ने देखिन्छ। स्वासप्रश्वास, दम, उच्चरक्तचाप मुटु, मिर्गौलाका दीर्घरोगी तथा वृद्धलाई यो रोग सरेमा बढी खतरा हुने हुँदा विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ।

दोस्रो चरणले  महामाारीको जोखिम तिब्र बढेको संकेत गर्दछ। पहिलो चरणमा बाह्य आगन्तुकसँग को सम्पर्कमा वा हेलमेलमा नगई सर्तक रहनु रोग सर्नबाट जोगिने महत्वपूर्ण उपाय हुन्थ्यो।  दोस्रो चरणमा त कसकसलाई रोग सरिसकेको छ भन्न नसक्ने स्थिति हुन्छ। हरेकलाई शंका गर्नुपर्ने हुन्छ।

पातलो बस्ती भएका गाउँमा चाहिँ लकडाउन कति आवश्यक छ ? 

चारपाँच हप्तादेखि विदेशबाट आएका व्यक्ति वा तिनीसँग सार्वजनिक सम्पर्कमा आएका अन्य व्यक्ति गाउँघर समाजमा छैनन् भन्न सक्ने अवस्था छैन। त्यसैले लक्षण नदेखिदैमा पूर्ण सुरक्षित हुने कुरा भएन। त्यसैले सतर्कता अपनाउनु सबैका लागि आवश्यक छ। 

यस रोगको प्रकृति र औषधि उपचार बारे हाल अध्ययन अनुसन्धान पनि चलिरहेका छन्। खोप तयार पार्न पनि अनुसन्धान भइरहेका  छन्। तर  अहिलेसम्म भरपर्दो उपचार र खोप पत्ता नलागिनसकेको अवस्था हो। त्यसैले रोग लाग्नबाट बचाउन हर संम्भव उपायको अवलम्बन गर्नु नै बुद्धिमानी हुन्छ। 

संसारका धेरै देशमा जस्तै नेपालमा पनि लकडाउन गरिएको हो। अहिलेको स्थिति हेर्दा जतिसुकै असुविधा भएपनि लकडाउन गाउँदेखि सहरसम्म आवश्यक देखिन्छ। 

अहिले कोही कसैलाई ज्वारो आयो भने गाउँघरका स्वास्थ्यकर्मीले नछुने, एम्बुलेन्सले पनि बोक्न नमान्ने, आफन्तजनले छुन आनाकानी गर्न थालेका छन्। यो व्यवहार सही हो त ? 

ज्वरो सुख्खा खोकी श्वास बढ्ने, टाउको, घाँटी, जिउ दुख्ने र कमजोरी महसुस हुने यस रोगका लक्षण हुन्। यस्ता लक्षण अन्य रोगमा पनि देखिन्छन्। 

ज्वरो आएको बिरामी विदेशबाट आएको वा रोगी तथा शंकास्पद व्यक्तिसँग सम्पर्कमा थियो भने शंका मानी पूर्ण सर्तकता अपनाउनु पर्दछ।  अन्यका हकमा सामान्य सतर्कताका साथ ज्वरोको उपचार गर्नु पर्छ। महामारी फैलिएको समयमा स्वाब टेष्ट नगरेसम्म स्थिति यस्तै भन्न सकिँदैन। 

सरकारले शंकास्पद वा रोग निको भएको केशको सेवामा रहने चिकित्सक नर्स स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालक समेतको सुरक्षाको लागि उनीहरुको संलग्नता हेरी सुरक्षाकवचको व्यवस्था गरेको छ। शंकास्पद व्यक्तिको मृत्यु भएमा सम्बन्धि निकायलाई जानकारी गराई रोग भए नभएको निदान गर्न टेष्ट गर्नुपर्ने हुन्छ। तर, त्यसरी बिरामी नै नछुने, एम्बुलेन्सले नबोक्ने गर्नु एकदम गलत हो। 

यस रोगको प्रकृति र औषधि उपचार बारे हाल अध्ययन अनुसन्धान पनि चलिरहेका छन्। खोप तयार पार्न पनि अनुसन्धान भइरहेका  छन्। तर  अहिलेसम्म भरपर्दो उपचार र खोप पत्ता नलागिनसकेको अवस्था हो। त्यसैले रोग लाग्नबाट बचाउन हर संम्भव उपायको अवलम्बन गर्नु नै बुद्धिमानी हुन्छ। 

कसरी सावधानी अपनाउने त ?

सम्भव भएसम्म सावुन पानीले हात तथा अन्य वस्तु धुने। साबुनपानीले हात नधोएसम्म ढोका, चुकुल, भर्‍याङको रेलिङ मोवाइल टीभी रिमोट कन्ट्रोल आदि सामान नछुने। साबुनपानी नभएको अवस्थामा सेनिटाइजरको प्रयोग गर्ने। 

घर बस्दा खासै जरुरी नभए पनि अस्पताल जाँदा वा आफू वा अरुमा कोभिड सम्भावना भएको अवस्थामा मास्क लगाउँने। स्वास्थ्य सेवा प्रदायक, बिरामी तथा शंकास्पद व्यक्ति तथा तिनको सम्पर्कमा आउनेका लागि मास्क अनिवार्य नै हुन्छ। 

यसको प्राकृतिक उपचार तथा रोकथाम पद्धति छैनन् ? 

हाम्रो परम्परागत संस्कार संस्कृति, हावापानी, प्रकृति, आनीबानी र खानपान उपचार विधिको अवलम्वन गरेमा यो कोभिड र यस्तै भाइरल रोग धेरै हदसम्म रोकथाम तथा कन्ट्रोल गर्न सकिन्छ। सफाइमा ध्यान दिने, हत्तपत्त कोही व्यक्ति  तथा वस्तु अनावश्यक नछुने, अंकमाल नगर्ने, हात नमिलाउने यसका सामान्य उपाय हुने। 

रुघाखोकी जस्तै कोरोना रोकथाम तथा उपचारका लागि तातोपानी, कागती, अदुवा, बेसार, टिमुर, लसुन, ज्वानो, प्रोटिनयुक्त खाना, सागपात आदि उपयोगी हुन्छन्। हल्का व्यायम, पूर्ण निन्द्रा र चिन्तारहित हुनुले हाम्रो रोग प्रतिरोधात्मक क्षमता मजबुत राख्दछ। 

अन्तमा कोभिडसँग लड्न हाम्रा प्रयास कति सफल छन् ? 

रोकथाम नै एकमात्र उपाय हो। त्यसैले सबै देशले लकडाउन गरेका हुन्। त्यसैगरी रोग संक्रमण हुन सक्ने शंका भएकालाई क्वारेन्टाइनमा राख्ने र लक्षण वा रोग देखिएकालाई आइसोलेसनमा अलग्गै राख्ने गर्नुपर्छ। करिब चार महिना अगाडि नै चीनमा पहिलो केश नेपाल भित्रिसकेको अवस्थामा हामीले अन्तर्राष्ट्रिय उडान समय मै रोकेको भए यूरोप र खाडी मुलुकबाट रोग भित्रिने थिएन। 

विदेशबाट नेपाल प्रवेश गर्नेको तथ्याङ्क लिने काम सुरुमै भएको भए अहिलेको स्थिति सिर्जना हुने थिएन्। यो नेपालीको मात्र त्रा होइन। विश्व नै कोरोनाको त्रासमा छ। आफ्नो स्वास्थ्य आफ्नो हातमा हुन्छ। आफ्नो सुरक्षा आफैं गरौँ। सफा रहौँ सामाजिक दूरी कायम गरौँ। नआत्तिऔँ, सावधानी अपनाऔँ। कोरोना भगाऔ, बाचौँ र बचाऔँ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.