सर्लाही अस्पतालमा १५ शैयाको आइसोलेटेड
मलंगवा : सर्लाही सदरमुकाम मलंगवामा रहेको सर्लाही अस्पतालमा १५ शैयाको आइसोलेटेड बेड तयार गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई उपचार गर्नका लागि आइसोलेटेड बेट निर्माण गरिएको हो ।
उच्च ज्वरो अथवामा कोरोनाको जस्तो लक्षण देखिने बिरामीको उपचार गर्नका लागि मलंगवा अस्पताल परिसरमै आइसोलेटेड बेडको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् । जिल्ला विपत व्यवस्थापन समितिको आग्रहमा अस्पतालले आइसोलेटेड बेडको व्यवस्था गरेको प्रजिअ जिसीले बताए ।
अहिलेसम्म त्यसतो बिरामीहरु आएको छैन्। आएपनि हामीले आफ्नै स्रोत साधन परिचालन गरि उपचार गर्ने उनले बताए । सर्लाहीमा छिमेकी मुलुक भारत र अन्य देशबाट भर्खरै फर्किएकालाई राख्न २० वटै पालिकाले क्वारेन्टाइन निर्माण गरेपनि शंकास्पद बिरामीको निगरानी गर्न पहिलो पटक जिल्ला अस्पतालमा आइसोलेटेड बेड तयार गरिएको हो।