स्थानीय तहसँग गैससको हातेमालो

स्थानीय तहसँग गैससको हातेमालो

दैलेख : सामाजिक सेवा केन्द्र नेपालले विभिन्न स्थानीय तहमा सहयोग सामग्री हस्तान्तरण गर्न सुरु गरेको छ। संस्थाले एकद्धार प्रणालीमार्फत सामग्री सहयोग थालेको हो।

दातृ निकाय डिसीए नेपालको आर्थिक सहयोगमा संस्थाले २५ लाख ५१ हजार रुपैयाँ बराबरको स्वास्थ्य तथा खाद्यान्न सामग्री स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ।

संस्थाका उप–कार्यकारी निर्देशक वसन्त श्रेष्ठका अनुसार दैलेखका नौमूले गाउँपालिका, दुल्लु नगरपालिका, नारायण नगरपालिका, गुराँस गाउँपालिका, भैरवी गाउँपालिका, भगवतीमाई गाउँपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिकामा ती सामग्री दिइनेछ। तहको मागका आधारमा संस्थाबाट उपलब्ध गराउन सकिने छ।

कोरोनाका कारण सरकारले गरेको लकडाउन प्रभावित हुँदा घरपरिवारलाई वितरण गर्न दुई सय ५० क्वीन्टल चामल, ५ सय केजी नुन, ५ सय केजी चिनी, एक सय केजी चिया, एक हजार केजी दाल, ५ सय लिटर तेल स्थानीय तहमार्फत वितरण गरिनेछ।

सोमबारसम्म अछामको पञ्चदेवल विनायक नगरपालिका, दैलेखको दुल्लु नगरपालिका, आठबीस नगरपालिकामा खाद्यान्न हस्तान्तरण गरिसकेको संस्थाले जनाएको छ। अन्य स्थानीय तहलाई तत्काल सामग्री हस्तान्तरण गरिनेछ।

स्थानीय तहलाई हस्तान्तरण गरिएको खाद्य सामग्री स्थानीय तहमार्फत नै वादी समुदाय, एकल महिला, एचआईभी संक्रमित, अपांगता भएका व्यक्ति तथा अतिविपन्न परिवारलाई वितरण गरिने संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए। स्थानीय तहको मापदण्डअनुसार राहत वितरण गरिने थापाको भनाइ छ। यस्तै, क्वारेन्टाइन निर्माणका लागि बेड, पीपीई सेट, मास्क, सेनीटाइजर, ग्लोब्स लगायतका सामग्री स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको बताइएको छ।े

दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले विपद्को घडीमा गैरसरकारी संस्थाबाट आएको सहयोगले स्थानीय तहलाई थप सहयोग पुगेको बताए। हालसम्म अछामको पञ्चदेवल विनायक नगरपालिका, दैलेखका आठबीस नगरपालिका र दुल्लु नगरपालिकालाई खाद्यान्नसहित सामग्री हस्तान्तरण गरी स्थानीय तहमार्फत राहत वितरण सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.