लकडाउन : कैलालीमा काठ तस्करीदेखि सुन चोरीसम्म

लकडाउन : कैलालीमा काठ तस्करीदेखि सुन चोरीसम्म

धनगढी : कैलालीमा लकडाउनको मौका छोपी अपराध गर्ने क्रम बढेको छ । १६ दिनदेखि जारी लकडाउनमा काठ तस्करदेखि गरगहना चोरीसम्मका घट्ना हुने गरेको छन्। कैलालीको गोदावरी नगरपालिकाबाट काठ तस्करीमा संग्लन एक जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका-१२ हलौडेका नरीबहादुर साउद काठसहित पक्राउ परेका हुन्।साउदको घरमा अवैध चिरान काठ तथा काठको गोलिया लुकाइ राखेको खबर प्राप्त भएपछि बुधबार एलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले काठसहित उनलाई नियन्त्रणमा लिइएको हो।

उनको घरमा चेकजाँच गर्दा गोठमा चिरान कडी, सिल्ली, चौपट, तक्ता र तीन थान गोलिया गरी एक सय २१ कयुफिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

यस्तै धनगढीमा चोरीमा संलग्न बाबु, छोरा पक्राउ परेका छन् । धनगढीकमे प्रिया सुन चाँदी पसलमा चोरी गरेको आरोपमा धनगढी उपमहानगरपालिका- १ कारागार रोड बस्ने ४५ वर्षीय पप्पु गुप्ता र उनका २०  वर्षीय छोरा पवन गुप्ता पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पप्पु यस‍अघि लागुऔषध तथा सार्वजनिक अपराधमा मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।गुप्ताले आफ्नै घरको छतमाथिको पानी ट्यांकी‍भित्र लुकाएको अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

चोरीको आरोपमा पक्राउ परेका पप्पु र उनका छोरा ठेलामा फलफूल र तरकारी बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.