कोरोना संक्रमित आमाले शिशुलाई कसरी दूध चुसाउने ?
काठमाडौं : यतिबेला विश्व कोरोना भाइरसको सन्त्रासमा छ।भाइरसबाट जोगिने सबैजना घरैभित्र बसिरहेका छन्।यो रोगबाट सुरक्षित हुने एउटै माध्यम एकान्तबास वा घरभित्रै बस्नु हो। त्यसैले सबैजना घरभित्रै बसेका हुन्।
तर, भर्खरै सुत्केरी भएका वा गर्भवती भने यतिबेला आफू र नाबालक शिशुलाई कसरी सुरक्षित राख्ने भन्ने पीरलोमा छन्। उनीहरुको दिमागमा यतिबेला धेरै प्रश्नहरु उब्जिरहेका छन्। के यो घातक भाइरस बच्चाको शरीरमा प्रवेश गर्ला ? के कोरोनाबाट संक्रमित आमाले शिशुलाई स्तनपान गराउन मिल्ला ? यस्तै यस्तै धेरै प्रश्नहरूले उनीहरुको दिमाग खाइरहेको छ।
उनीहरु कोरोनाबाट बच्ने सही उपायबारे जानकार नहुँदा चिन्तित भएका हुन्। रोगबाट आफू र शिशु बचाउन उनीहरु उचित उपायको खोजिमा छन्। विश्व स्वास्थ्य संगठनले सुत्केरी र गर्भवती महिलालाई कोरोना भाइरसबाट बच्ने उपाया सुझाएको छ।ती सुझाव अबलम्बन गरेमा यो रोगबाट बच्न सकिने दावी संगठनको छ।
डब्ल्यूएचओका अनुसार कोरोना भाइरस संक्रमित आमाले नवजात शिशुलाई स्तनपान गराउँदा कुनै खतरा नहुने दावी गरेको छ।तर यसका लागि आमाले केही निश्चित नियम भने पालना गर्नुपर्छ।
- नवजात बच्चालाई लिनुअघि र पछि हात धुनुहोस्।यो हरेक पटक नियमित गर्नुपर्छ।
- बच्चालाई घर वा अस्पताल लैजानु छ भने सफाइको विशेष ख्याल राख्नुपर्छ।
- सधैं मास्क लगानुपर्छ ।
- आँखा मुख तथा नाक छुनु हुँदैन।
- अन्य मानिसको सम्पर्कबाट टाढै रहनुपर्छ।
- खोक्दा तथा हाछ्यु गर्दा रुमालले मुख छोप्नुपर्छ।