शंकास्पदको स्वाब संकलन नहुँदा जाजरकोटवासी त्रसित

शंकास्पदको स्वाब संकलन नहुँदा जाजरकोटवासी त्रसित

जाजरकोट : विश्वभर फैलिएको कोभिड—१९ महामारी नेपालमा फैलिन नदिन देशभर लकडाउन गरिएको छ । जिल्ला बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्न सरकारले निर्देशन गरेको छ ।

 
तर जाजरकोटमा भने लकडाउनकै अवधीमा करीव पाँच हजार मानिस जिल्ला भित्रिएका छन् । त्यसमध्य तेस्रो मुलुकबाट १८ र भारतबाट दुई सय ३० जना जाजरकोट आएका छन् । ती सबै निर्वाध घुमफिर गरिरहेको स्थानीयको भनाइ छ । स्थानीय सरकार र प्रहरीले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरे पनि अटेर गर्दै घुमफिर र भेटघाट गरिरहेका छन् । 

कतिपयले लकडाउनकै समयमा पनि सामुहिकरूपमा माछा मार्ने, जुवातास खेल्ने गरिहेको जुनीचाँदे ५ का गणेश थापाले बताए । लकडाउनमै रहेका हिँडडुल गर्न नरोकिएको र भारतबाट आउने क्रम पनि नरोकिएकोले गाँउमा संत्रास बढीरहेको उनको भनाइ छ ।
 
कोरोना संक्रमित देशबाट आएका  निर्वाध घुमफिर गरिरहेका भेरी नगरपालिका ४ का अमर शाहले भने,‘बाहिरबाट आउनेको कारण जोखिम बढेको छ तर संकास्पद बिरामीको स्वाब (नमुना) संकलन नगरिँदा त्रास भएको छ । तत्काल विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेकाको नमुना संकलन गरी क्वारेन्टाइनमा राख्नु पर्छ ।’ 

संकास्पदको स्वाब संकलनका लागि आवश्यक पर्ने भिटिएम (भाइरल ट्रान्सफोर्ट मिडिया) जिल्लामै नहुँदा समस्या देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । ज्वरो नाप्ने उपकरणसमेत थिएन । 'भर्खर थर्मलगन र केही  पीपीई आइपुगेका छन् अव ज्वरो सम्म नाप्न सक्ने अवस्थामा छौँ । नमुना परीक्षणका लागी स्वाब संकलन र पठाउन ब्यवस्था त परको कुरा भयो', बारेकोट गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले भने,‘कम्तिमा विदेशबाट आएकाहरुको स्वाब परीक्षण गर्न पाएको भए अलि ढुक्क हुन्थ्यो । हामी त साह्रै अन्यौलमा छौं। स्थानीय पनि त्रसित छन् । तर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरे पनि अटेर गरिरहेका छन् । उनीहरूमा संक्रमण भएको खण्डमा जोखिम बढाउने देखिन्छ ।’

केही दिन अघि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भइरहेका कामकारवाही बारे स्थलगत अनुगमणमा जाजरकोट आएका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलसँग पनि स्थानीयले विदेशबाट आएका, लकडाउनको अवधिमा जिल्ला भित्रिएकाहरु र उनीहरूका घरपरिवार, छिमेक, आफन्तको स्वाब संकलन गर्ने ब्यवस्था मिलाउन आग्रह गरेका थिए । मन्त्री रावलले जाजरकोटमा तत्काल स्वाब संकलनको ब्यवस्था मिलाउने आश्वासन दिएर फर्किएका थिए । तर हालसम्म पनि स्वाब संकलनको ब्यवस्था नहुँदा कोरोनाको संक्रमण फैलिन सक्ने आशंकामा स्थानीय चिन्तित छन् ।

कारोना संक्रमण भएनभएको एकिन गर्न स्वाब संकलन गरी पठाउने ब्यवस्था जिल्लामै नहुँदा थप जटिलता देखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । 

एक सय ३७ क्वारेन्टाइन भए पनि जिल्ला बाहिरबाट आएका बस्न नमान्दा सवै क्वारेन्टाइन रित्तै छन् । नमुना संकलन गर्ने र पठाउने साधन नहुँदा ५० शैयाको जाजरकोट अस्पतालका चिकित्सकसमेत कामविहीन भएका अस्पतालका मेडिकल अधिकृत भुपेन्द्रप्रकाश मल्लले बताए ।  उनले भने, ‘ संकास्पद देखिए पश्चिम रुकमको चौरजहारी वा सुर्खेत पठाउनेबाहेक हामीले गर्न सक्ने अवस्था छैन । हामीले संकास्पदको स्वाब संकलन गर्न सक्थ्यौँ तर त्यसको लागि पनि  साधन (भिटिएम) आवश्यक पर्छ हामीसँग छैन ।’ 

अस्पतालमा अरु रोगका बिरामी पनि खासै नआएर पनि स्वास्थ्यकर्मी कामविहीन जस्तै भएका उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.