सुदूरपश्चिममा विपन्न परिवारलाई ३ हजार राहत

सुदूरपश्चिममा विपन्न परिवारलाई ३ हजार राहत

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अति विपन्न परिवारलाई ३ हजारका दरले राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

विपन्न परिवारलाई स्थानीय सरकारमार्फत राहत दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए । ‘अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारलाई ३ हजारका दरले राहत दिइने छ’, मन्त्री शाहले भने, ‘प्रदेश सरकारले स्थानीय तहलाई १६ करोड सहयोग गर्ने छ ।’

मन्त्रिपरिषद् बैठकले प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको विमा गर्ने निर्णय गरेको छ । संघीय सरकारले गरेको विमामा थप १५ लाखको विमा गर्ने मन्त्री शाहले जानकारी दिए । ‘संघीय सरकारले ल्याएको स्वास्थ्यकर्मीको विमामा प्रदेश सरकारले १५ लाख थप्ने निर्णय भएको छ’, प्रवक्ता शाहले भने ।

प्रदेशका विभिन्न जिल्लाका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने निर्णय भएको छ । प्रदेशमा भेन्टिलेटरको अभाव छ । यस्तै जिल्ला प्रशासन कार्यालयलाई ५ लाखका दरले कोरोना रोग नियन्त्ररण र व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय भएको छ ।  नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको लागी १५ लाखका दरले रकम उपलब्ध गर्ने भएको छ । कोरोना रोग व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । 

मन्त्रीपरिषद् बैठकले कोस सञ्चालन निर्देशिका र राहत वितरण मापदण्ड पारित गरेको छ  । मन्त्रीपरिषद् बैठकले प्रदेशमा फाल्गुन मसान्तसम्म तिर्नुपर्ने कर सुल्क र दस्तुरको अवधि बैसाख मसान्तसम्म थप गप्ने निर्णय गरेको प्रदेश सरकारले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.