राहतको नाममा आहत

राहतको नाममा आहत

कालिकोट : नरहरीनाथ गाउँपालिका २ चौथिकोटका दुर्ग दर्जीको परिवारमा आठ सदस्य छन् । तर गाउँपालिकाले उनको घरको पुगेर दुईवटा मास्क र एउटा साबुन दियो । आठजनाको परिवारमा दुईवटा मात्र मास्कले कसको मुुख ढाक्ने ? यतिबेला यो परिवार अन्योलमा छ ।

दर्जीले भने, ‘परिवारमा आठजना छौं, दुईवटा मास्कले कसको मुख ढाकौं । गाउँपालिकाले राहतको नाममा आहत दिएको छ, देखाउनलाई मात्र राहत नदिए पनि हुन्छ ।’ नरहरीनाथ गाउँपालिका १ का दर्जीको पनि नौजनाको परिवार छ । तर गाउँपालिकाले दुई मास्क र एक साबुन दिएको छ । उनले भने, ‘हामी कसले लगाउने हो दुई मास्क ? यस्तो राहत दिनुभन्दा नदिएको भए हुन्थ्यो ।’

स्थानीय प्रकाश बिष्टको पाँचजनाको परिवार छ । तर उनको परिवारमा चारवटा मास्क र एक साबुन दिइएको छ । स्थानीय सितल बिष्टले गाउँपालिकाले नागरिकको आवश्यकताअनुसार राहत कार्यक्रम नल्याएको बताए । उनले भने, ‘गाउँमा धेरै परिवार रोगभन्दा बढी भोकको चिन्ता छ, १२ जना परिवार हुने घरमा पनि दुईवटा मात्र मास्क र एउटा साबुन दिएको छ । राहतको नाममा फोटो खिच्ने काम भएको छ, हामीले राहत पाउन सकेनौं ।’

जिल्लाको सन्नीत्रिवेणी र शुभकालिका गाउँपालिकामा पनि एक परिवारलाई दुई मास्क र एक साबुनका दुरले राहत बाँडिएको छ । नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले हरेक वडामा काम गरी छाक टार्ने घरधुरीको तथ्यांक संकलन गरी थप राहत वितरण गर्ने कार्य तत्काल गर्ने बताए । सबै नागरिकलाई मास्क खरिद गर्न नसकिएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.