कोरोना संक्रमितको अवस्था बुझ्न मुख्यमन्त्री गुरुङ बागलुङमा

कोरोना संक्रमितको अवस्था बुझ्न मुख्यमन्त्री गुरुङ बागलुङमा

बागलुङ : जिल्लाका दुई संक्रमितको अवस्था बुझ्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ आएका छन् । बिहीबार मात्र मुख्यमन्त्री कार्यालयबाटै टेलिफोनमार्फत पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मुख्यमन्त्री गुरुङ शुक्रबार आफै अस्पताल भेट्न आएका हुन् । 

उनले बिहीबार धौलागिरी अस्पतालको आइसोलेशन कक्षमा उपचाररत बागलुङ नगरपालिका ४ की १९ वर्षीया युवतीसँग टेलिफोनबाट स्वास्थ्य अवस्था र चिकित्सकले गर्ने हेरचाह लगायतका विषयमा जिज्ञासा राखेका थिए । किशोरीलाई डाक्टर हेर्न आउँछन् कि आउँदैनन् भन्ने प्रश्नमा नर्स आउने तर डाक्टर नआउने गरेको बताएकी थिइन् । 

त्यसको भोलीपल्टै मुख्यमन्त्री गुरुङ बागलुङ आएका हुन् । धौलागिरी अस्पतालमा बानपा ३ की अर्की ६५ वर्षीया महिला पनि उपचाररत छन् । अहिले मुख्यमन्त्रीको संक्रमित र चिकित्सकबीच छलफल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानाले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.