स्याङजाका ५७ जनामा कोरोना परीक्षण रिपोर्ट 'नेगेटिभ'
स्याङजा : जिल्लाबाट पठाइएका कोरोना भाइरस नमूना श्वाममध्ये ५७ जनाको नतिजा नेगेटिभ आएको छ । बिहीबार साँझसम्म स्याङजाबाट ९७ जनाको श्वाब संकलन गरी पठाएकोमा ५७ जनाको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
अब ४० जनाको कोरोना रिपोर्ट आउन बाँकी छ । यही चैत २ गतेपछि विभिन्न मुलुकबाट जिल्लामा आएर क्वारेन्टाइमा बसेकाहरुको ६ सय २४ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको छ।
अहिलेसम कालीगण्डकी, आँधीखोला, फेदिखोला गाउँपालिकामा र गल्याङ वालिङ, चापाकोट नगरपालिकामा नमूना श्वाब संकलन गरिएको छ।
जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयको सहयोग तथा स्थानीय तहको समन्वयमा नमूना भाइरस श्वाब संकलन गरी पोखरा पठाउने गरिएको छ।