लकडाउनमा काठ तस्करी बढ्यो
सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिका ११ खयरभट्टीमा काठ चोरी तस्करी बढेको छ । लकडाउनमा मानिस घरभित्रै बसेको मौका छोपी कपिलवस्तु संगा सीमाना जोडिएको क्षेत्रमा तस्करले काठ चोरी गरेका हुन् ।
विश्वमा फैलिएको कोराना महामारीबाट बच्न सरकारले लकडाउन गरेको समयमा खयरभट्टीमा नेपाल सरकारको जनहितमा जारी निर्देशनलाई अवज्ञा गर्दै लुकिछिपी वन विनास र तस्करी बढेको हो ।
लुकीछिपी काठको तस्करी बढेपछि वन कार्यलयले वन गस्ती सुरु गरेको छ । गस्ती गर्दा झण्डै सातवटा ठूला सालका रुख काटेर चोरी भएको भेटिएको डिभिजन वन कार्यलय अर्घाखाँचीका प्रमुख शिव शर्माले बताए ।
झडै डेढ लाख मूल्यको काठ चोरी भएको छ । स्थानीय सामुदायिक वन उपभोक्ता समिति र आफ्नो मातहतका कर्मचारीलाई राम्रोसँग हेरविचार गर्न समेत आग्रह गरेको डिभीजन बन प्रमुख शर्माको भनाई छ ।