दोर्दीका जलविद्युत आयोजना सुचारु

दोर्दीका जलविद्युत आयोजना सुचारु

बेंसीसहर : कोभिड -१९ संक्रमण जोखिमका कारण बन्द भएका लमजुङको दोर्दीखोलामा निर्माणधीन जलविद्युत आयोजना स्थानीय तहसँगको लिखित शर्तपछि सूचारु भएका छन्।

दोर्दी गाउँपालिका र जलविद्युत आयोजनाबीच आयोजना सञ्चालनसम्बन्धी आचारसंहिता बनाएर सूचारु गरिएको हो । नोभेल कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको सबै सावधानीको पालना गर्नका लागि आचारसंहिता बनाइएको छ । आचारसंहिता पालना गर्ने गरी दुवै पक्षबीच सम्झौता भएर आयोजना सञ्चालन गर्न अनुमति दिइएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

जलविद्युत आयोजनाले नेपाल सरकारको लकडाउनको नियमलाई पूर्णरुपमा पालना गर्ने, बढीमा १५÷१५ जनाको समूहमा ३÷३ मिटरको दूरीमा रहेर काम गनुपर्ने, कम्पनीले आफ्नो कार्य क्षेत्रलाई सम्बन्धित वडाको वडाध्यक्ष र सरोकारवालाको उपस्थितिमा कार्यक्षेत्र तोकेर त्यसलाई निषेधित क्षेत्रको रुपमा सार्वजनिक सूचना टाँस गरी काम गर्नुपर्ने सर्त रहेको अध्यक्ष गुरुङले बताए ।

उपाध्यक्ष दीलबहादुर घलेका अनुसार आयोजनाको कार्य क्षेत्रभित्र तोकिएको कर्मचारी तथा कामदार बाहेक अन्य व्यक्तिलाई प्रवेश गर्न र भित्रको कर्मचारी र कामदारलाई तोकिएको क्षेत्र भन्दा बाहिर निस्कन पाइने छैन । कार्य क्षेत्रभित्रको कर्मचारी तथा कामदारको आवास र खानाको व्यवस्था तोकिएको क्षेत्रभित्र हुनुपर्ने छ । अन्य बजार बस्तीमा लकडाउन अवधिभर खाना बस्न पाइने छैन ।

अफिस क्वारेन्टाइनमा बसेर १४ दिन पुरा गरी सकेको कर्मचारी र कामदार बाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ । कार्यरत कर्मचारी र कामदारको स्वास्थ्यमा आउन सक्ने सम्पूर्ण जिम्मेवारी कम्पनी स्वंयले व्यवस्थापन गर्ने सहमति भएको छ । कम्पनीका साधनहरु अन्य आवश्यक खाद्यान्न ढुवानीको अवस्था बाहेक तोकिएको कार्यक्षेत्र भन्दा बाहिर लान र ल्याउन पाइने छैन । स्थानीय स्तरमा लकडाउन अवधिभर पर्न सक्ने विविध समस्याहरु स्वंय कम्पनी र प्रभावित क्षेत्रको सरोकारवालाहरुसंग कम्पनीले सहकार्य र समन्वय गर्नुपर्ने छ ।

आयोजनाको सबै कर्मचारी र कामदारको लिखित विवरण गाउँपालिकालाई उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाउँपालिका बाहिरका व्यक्तिलाई लकडाउन अवधिभर निषेध गरिएकाले लामो दूरीबाट आउने साधन आउन नपाइने भएको छ । अत्यावश्यक सामाग्री लिएर आउनुपर्ने भएमा गाउँपालिकाको अनुमति लिएर मात्र स्वास्थ्य चेकजाँच गरी आउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

लकडाउनको अवस्थामा तोकिएको अवस्थाको निती नियमलाई पालना गर्ने र सरकारबाट थप कडा निति आएमा स्वत सम्झौता खारेज हुने जनाएको छ । दोर्दीखोलामा निर्माणधीन २५ मेगावाटको माथिल्लो दोर्दी 'ए' जलविद्युत आयोजनाको काम आंशिक मात्रामा सुरु भएको छ । आयोजनाका प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडका सञ्चालक राजेन्द्र वस्तीका अनुसार टनेल र ड्यामको काम भइरहेको छ । पावरहाउसको काम भने हुन सकेको छैन । 

दोर्दीखोलामा ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत आयोजना 'ख', २५ मेगावाटको माथिल्लो दोर्दी 'ए', १२ मेगावाटको दोर्दी-१, २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना र छ्याङदी खोलामा ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजना निर्माणधीन छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.